मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    मम्मी सन्नी

    सन्नी लियोनी बनिन तीन बच्चाकी आमा ,इन्स्टाग्राममा तस्वीर सेयर

    इन्स्टाग्राममा सन्नीले राखेको तस्वीरमा सन्नी दम्पत्तीका साथ तीन बच्चा देखिन्छन्, जसमध्ये एक छोरी र दुई छोरा हुन्

    सोमबार, २१ फागुन २०७४, आहाखबर

    फागुन २१  काठमाडौँ ।

    भारतीय अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनी तीन बच्चाकी आमा बनेकी छिन । सामाजिक संजाल इन्स्टाग्रामबाट उनले यो कुराको जानकारी गराउदै आफ्ना फ्यानहरुलाई ठूलो सरप्राइज दिएकी हुन्। इन्स्टाग्राममा सन्नीले राखेको तस्वीरमा सन्नी दम्पत्तीका साथ तीन बच्चा देखिन्छन्, जसमध्ये एक छोरी र दुई छोरा हुन् ।

     अश्वेत वर्णकी छोरी अली ठूली छन् । अघिल्लो वर्ष मात्रै सन्नी दम्पत्तीले धर्मपुत्री बनाएका थिए । उनको नाम निशा सिंह कौर राखिएको छ । साथै, अब उनीहरुसँग अब दुई छोराहरु अशर सिंह बेबर र नोआ सिंह बेबर पनि थपिएका हुन् ।

    तस्वीर सेयर गर्दै सन्नीले धेरै वर्षपछि आफ्नो परिवार अशर सिंह बेबर र नोहा सिंह वेबर आएपछि पुरा भएको बताइन। छोराहरुको जन्म केही हप्ता अगाडि मात्रै भएको पनि सन्नीले सोहि पोस्ट सेयर गरिन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast