बिहिवार, जेष्ठ २२, २०७७
    मुभी-थिएटर

    स्टाइलिस रजनी

    सुपरस्टार रजनीकान्त अभिनित ‘काला’को टिजर सार्वजनिक, यूट्यूबमा सुपर-डुपर हिट !

    फिल्ममा बलिउड अभिनेता नाना पाटेकर र अभिनेत्री हुमा कुरैशी पनि, फिल्मको क्लाइमेक्स सुटिङका लागि चेन्नईमा ५ करोड भारूको सेट निर्माण हुँदै

    आईतवार, २० फागुन २०७४, आहाखबर

    तामिल सुपरस्टार अभिनेता रजनीकान्तको आगामि फिल्म ‘काला’को टिजर रिलिज भइसकेको छ। सार्वजनिक भएको टिजरको तमिल संस्करण यूट्यूबमा  हिट हुन  सफल भएको छ। रिलिज भएको ३ दिनमा टिजरले १ करोड ९ लाख भन्दा बढि भ्यू पाउन सफल भएको छ। यस्तै हिन्दी संस्करणले पनि १० लाख बढिको भ्यू बटुल्न सफल भएको छ।

    सदाझै  यस फिल्मको टिजरमा रजनीलाई  स्टाइलिस देखाइएको छ  । उनी उमेर अनुसारको भूमिकामा देखिएका छन् देखाइएको छ  उनी उमेर अनुसारको भूमिकामा देखिएका छन्। टिजरमा उनीसँगै बलिउड अभिनेता नाना पाटेकर पनि देखिएका छन्। त्यस्तै फिल्ममा बलिउड अभिनेत्री हुमा कुरैशीको पनि अभिनय रहेको छ।

    फिल्ममा रजनी ग्याङ्स्टरको भूमिकामा देखिएका छन्। फिल्म मुम्बईका डन हाजी मस्तानको जीवनीमा आधारित रहेको चर्चा चले पनि फिल्म निर्माण पक्षले यसलाई अस्विकार गर्दै आइरहेको छ। फिल्मको सुटिङ अझै सकिएको छेन्। फिल्मको क्लाइमेक्स सुटिङका लागि चेन्नईमा ५ करोड भारूको सेट निर्माण भइरहेको छ। फिल्म यसै वर्ष अप्रिलमा रिलिज हुनेछ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast