सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    द्वन्दग्रस्त सुडानीहरुले गरे नेपाली शान्ति सेनाको मुक्त कण्ठले प्रशंसा

    आईतवार, २० फागुन २०७४, आहाखबर

    काठमाडौँ, २० फागुन  । 

    द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्तिसैन्यले बितेका महिनामा शान्तिसुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन् । 

    येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा तुलनात्मक रुपमा शान्तिसुरक्षाको अवस्था सुदृढ भएको अनुभूति उक्त नगरका बासिन्दाले प्रकट गरेको राष्ट्रसंघीय सूचना केन्द्रले आज जनाएको छ । 

    गत पुसदेखि येइ क्षेत्रमा राष्ट्रसंघीय शान्ति सेनाले शिविर स्थापना गरी कार्यक्षेत्रमा नियमित गस्तीलगायत सुरक्षा सतर्कताका उपाय प्रभावकारी तुल्याउँदै आएको छ । रासस 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast