सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    कर्मचारी चाँडो पठाऊ !

    कर्मचारी अभावका कारण सेवा प्रवाहमा कठिनाइ भयो : मुख्यमन्त्री पौडेल

    “कर्मचारी चाहियो भनेर मौखिक र लिखित जानकारी गराउँदा केन्द्रले किन बेवास्था गरेको बुझ्न सकिएको छैन ।”

    शनिबार, १९ फागुन २०७४, आहाखबर
    जिल्ला समन्वय समिति नुवाकोटले शनिबार विदुरमा आयोजना गरेको प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल र भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट, रासस

    नुवाकोट, १९ फागुन :

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताएका छन् । 

    जिल्ला समन्वय समिति नुवाकोटले शनिबार विदुरमा आयोजना गरेको यहाँका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गरे । 
    “स्थानीयतह स्थापना भएको दश महिना भइसक्यो, प्रदेश सरकार स्थापना गर्न कर्मचारीकै कारण मुख्य समस्या भएको छ ।” मुख्यमन्त्री पौडेलले भने, “कर्मचारी चाहियो भनेर मौखिक र लिखित जानकारी गराउँदा केन्द्रले किन बेवास्था गरेको बुझ्न सकिएको छैन ।” 

    केन्द्रका कर्मचारीले अधिकार दिन नचाहेको र राजनीतिक नेतृत्वले पनि अधिकार बढी भयो भनिरहेको आवाज एकैसाथ आएकाले आफूहरुलाई असफल बनाउन भएका प्रयास बिफल बनाउन प्रदेश र स्थानीयतहबीचको सम्बन्ध सुमधुर हुनुपर्ने उनको भनाइ छ । 

    केन्द्रका कर्मचारीले अधिकार दिन नचाहेको र राजनीतिक नेतृत्वले पनि अधिकार बढी भयो भनिरहेको आवाज एकैसाथ आएकाले आफूहरुलाई असफल बनाउन भएका प्रयास बिफल बनाउन प्रदेश र स्थानीयतहबीचको सम्बन्ध सुमधुर हुनुपर्ने उनको भनाइ छ । 

    उनले काम गर्ने समयमा योजना र आवश्यकताको आधारमा बजेट तर्जुमा गर्न यहाँको जनप्रतिनिधिलाई आग्रह गरे । 
    अन्तक्र्रियामा भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले पाएको अधिकार कार्यान्वयन गरी असल चरित्रको भूमिका निर्वाह गर्न जनप्रतिनिधिलाई आग्रह गरे । 

    मुख्यमन्त्री र मन्त्रीलाई यहाँका प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, आसामाया लामा, जिसस प्रमुख शन्तमान तामाङसहित जिल्लाका स्थानीयतहका प्रमुखले यहाँ सञ्चालनमा रहेका योजना तथा कार्यक्रम एवं भावी रणनीतिको बारे जानकारी दिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast