शुक्रबार, जेष्ठ १६, २०७७
    मुभी-थिएटर

    भजाईना मोनोलगः यौन अधिकारका लागि योनीका कथा

    “युवतीहरुलाई आफ्नै यौनांगका विषयमा मञ्चमा बोल्न लगाउनु निकै ठूलो चुनौती थियो, तर पनि हामीले रिस्क लियौं ।”

    शनिबार, १९ फागुन २०७४, आहा संवाददाता .

    काठमाडौँ, फागुन १९ ।
     ‘लाल सलाम भन्न छाडेर योनी सलाम भन्नुपर्छ ।’  योनीका कथाहरु अर्थात भजाईना मोनोलगमा यस्तै भनिन्छ । सन् १९९६मा अमेरिकी लेखिका ईभ एन्सलरले लेखेको भजाईना मोनोलग संसारभरका रंगमञ्चमा प्रर्दशन गरिन्छ । महिला यौन अधिकारका विषमा लेखिएको यो नाटकमा लेखिकाको आफ्नै अनुभव रहेकाले पनि यो नाटकलाई निकै शत्तिशाली मानिन्छ ।

    ७८ बर्ष पहिले लेखिएको यो नाटक आज पनि विश्वभर उत्तिकै सान्र्दभिक मानिन्छ । आफ्नो शरिरमाथि आफ्नै अधिकार हुनुपर्छ भनेर वकालत गर्ने यो नाटक नेपालमा २०७२ सालमा मञ्चन गरिएको थियो ।  महिला रंगकर्मीहरुको समुह मडलेनाज नेपालको अगुवाईमा नेपालमा पहिलोपटक यो नाटक प्रर्दशन गरियो ।

    पहिलोपट नाटक मञ्चन गर्दाको अनुभव सुनाउँदै नाटककी निर्देशकद्वय आकांक्षा कार्की र गुञ्जन दिक्षित भन्छिन् – “पहिलोपटक जब हामीले अंग्रेजीबाट नेपाली अनुवाद ग¥यौ, र साथिहरुलाई पढ्न दियौ त्यतिखेर त हाम्रै साथिहरु पनि डराएका थिए ।” यौनको मामिलामा बन्द मानिने नेपाली समाजमा खुलेर महिला शरिरका अंगहरुको कुरा गर्नु एक चुनौती थियो भन्छिन् आकांक्षा । “यो निकै ठूलो चुनौति थियो, युवतीहरुलाई आफ्नै यौनागंका विषयमा मञ्चमा बोल्न लगाउनु तर पनि हामीले रिस्क लियौं ।” यसैमा गुञ्जन थप्छिन । “सुरुमा हामीले यसलाई नाटकको रुपमा लियौं तर वास्तवमा त यो हाम्रै अनुभवहरुको प्रस्तुति थियो, र हामी हाम्रा अनुभवहरु बाँड्न सक्छौ भन्ने लागेर नाटक गर्ने निश्चय ग¥यौ ।”

    नाटकमा, सरिता गिरी, शान्ती गिरी, रेनुका कार्की, निशा कार्की, आकांक्षा कार्की, लुनिभा तुलाधर, सिर्जना अधिकारी, केनिपा सिंह, सिर्जना सुब्बा, पशुपति राई, विनिता गुरुङ, विजया कार्की, गुञ्जन दिक्षित र स्मिता राजारामको अभिनय रहेको छ ।

    वि.स २०७२ मा पहिलोपटक मडलेनाजले योनिका कथाहरुको कार्यशाला सुरु ग¥यो । त्यसपछि योनिका कथा प्रस्तुत गर्न तयार कलाकारलाई विभिन्न खालका धम्की आए । कतिपयले त सामाजिक संञ्जालमै गाली गरेर लेखे, कतिपयले महिलावादीको आरोप पनि लगाए । पहिलोपटक नाटक मञ्चन हुँदा देखि नाटकमा सहभागी भईरहेकी निशा कार्की भन्छिन्  “एउटा समुह त नाटक मञ्चन हुन दिनु हुँदैन भन्ने अभियानमा समेत लागेका थियो । बन्द कोठामा रिहर्सलका लागि बस्दा समेत हामीहरुमाथि विभिन्न आरोपहरु लगाईन्थे ।” 
    “यस्तो अप्ठेरो वातावरण बनाएका थिए की हामीले नाटक मञ्चन नै रोक्ने की भन्ने सम्म सोचिसकेका थियौ ।” आकांक्षा भन्छिन् । “आफ्नै कथाहरु भन्न पनि हामी किन डराउने भन्दै हिम्मत गरेर नाटक मञ्चन ग¥यांै ।” गुञ्जन भन्छिन् ।

    निर्देशकद्वय कार्की र दिक्षित यसलाई नाटक मात्रै भन्दा एकप्रकारको अभियानको रुपमा लिनुपर्ने बताउँछिन् । “यो नाटकको  शैलिमा सुरु भएको एउटा अभियान हो, जसले महिला शरिरको कुरा गर्छ, महिला र पुरुष दुवैलाई शरिरसंग परिचित गराउँछ ।”

    एउटा समुह त नाटक मञ्चन हुन दिनु हुँदैन भन्ने अभियानमा समेत लागेका थियो । बन्द कोठामा रिहर्सलका लागि बस्दा समेत हामीहरुमाथि विभिन्न आरोपहरु लगाईन्थे ।” 
    “यस्तो अप्ठेरो वातावरण बनाएका थिए की हामीले नाटक मञ्चन नै रोक्ने की भन्ने सम्म सोचिसकेका थियौ ।

    यौनिकताका विषयमा खुलेर कुरा गर्न नसक्दा नै महिलाहरुमाथि यौन हिंसा हुने गरेको बताउँदै कार्की भन्छिन्– “कम्तिमा पनि महिलाहरुले आफ्नो यौनीकताको विषयमा कुरा गर्न सकुन, आफु कसरी हिसांमा पर्न सक्छु र त्यसबाट कसरी जोगिन सक्छु भन्ने त जानुन भन्ने उद्देश्यले नै हामीले यो नाटक मञ्चन गरेका हांै ।”

    २०७२ देखि निरन्तर मञ्चन हुँदै आईरहेको योनीका कथाहरुमा विभिन्न १४ वटा मोनोलग पिसहरु छन् । गत बर्ष अमेरिकाबाट सुरु भएको ह्यास ट्याग अभियान मि टु लाई केन्द्रित गर्दै यस पटकको मञ्चनमा तीन नयाँ पिसहरु पनि थपिएको दिक्षितले बताईन् ।
    “यौन सम्बन्धमा दुईजना सामेल हुन्छन् तर त्यहाँ महिलाको आनन्दको उसको चाहाना र आवश्यकताको त ख्यालै गरिदैन, खोई त महिलाको आनन्द ?” प्रश्न गर्छिन कार्कि । “महिलाहरु कस्तो पुरुष चाहान्छन, पुरुषबाट कस्तो व्यवहारको अपेक्षा गर्छन यी कुराहरु नाटकमा, हाम्रा अनुभव सहित व्यक्त भएका छन् ।” नाटकमा अभिनय गरिरहेकी शान्ति गिरीको जवाफ छ ।

    सामान्यतया शरिर नीजि हो भन्ने विश्वास गरिन्छ । अन्तर्राष्ट्रिय मानव अधिकारको कानुनले पनि शरिमाथि अन्य व्यक्तिको अधिकार हुँदैन भन्छ । शरिर नीजि भए पनि शरिरसँग जोडिएका सबै अंग नीजि नहुन सक्छन् । तिनिहरुको कार्य र प्रयोग निजि हुँदैन, ति अंगहरुसंग घटेका घटनाहरु निजि नहुन सक्छन, त्यस्तै अंगहरुमध्ये यौन अंग पनि एक हुन् । यस्तै अंगहरुसंग कसरी सौहार्द हुने भन्ने कुरा नाटकमा एकलापको शैलीबाट व्यक्त गरिएको नाटक टोली बताउँछ । महिलाका नीजि अँगहरुसँग घटेका घटनाहरु संसारभर धेरै छन् तसर्थ पनि ति घटनाहरु सेयर गरिनुपर्छ भन्ने धारणाले नै योनिका कथाहरु नेपालमा मञ्चन गरिएको नाटक समहु बताउँछ ।

    यस पटक कथा घेरा नाट्य समुहको अगुवाईमा मञ्चन भैरहेको नाटक फागुन १८ देखि २२ गतेसम्म नेपाल पर्यटन बोर्डमा मञ्चन हुँदै छ भने फागुन २४ गते झम्सिखेलको इभोक क्याफेमा मञ्चन हुने छ । नाटकमा सहभागी १४ जनाले आफ्नै खर्चमा नाटक उत्पादन गरिरहेको छ ।
    नाटकमा अभिनय गरिरहेकी सरिता गिरी महिलाले यौनका कुरा गर्नु, आफ्नै योनागंका कुरा गर्नुलाई अश्लिलताको रुपमा लिनु दुःखद विषय भएको बताउँदै प्रश्न गर्छिन “बराबरीको कुरा गर्नु, आफ्नै शरिरको कुरा गर्नु कसरी अश्लिल हुन्छ, जब की हामीले कतै न कतैबाट यौन हिंसा खेपेका छौ, यौन हिंसा गर्न हुने तर हिंसा भयो भन्न नहुने ?” यसैमा थप्दै दिक्षित भन्छिन् “हामी यो नाटक यस्ता हिंसाहरु बन्द नहोउञ्जेलसम्म मञ्चन गर्छौं, अश्लिलता भन्ने त मान्छेको दृष्टिकोण हो ।”

     नाटक फागुन १८ देखि २२ गतेसम्म नेपाल पर्यटन बोर्डमा मञ्चन हुँदै छ भने फागुन २४ गते झम्सिखेलको इभोक क्याफेमा मञ्चन हुने छ । नाटकमा सहभागी १४ जनाले आफ्नै खर्चमा नाटक उत्पादन गरिरहेको छ ।

    यति भनिरहँदा यो नाटकले कसैलाई पनि  होच्याउने, अथवा गालि गर्ने उदेश्य भने नराखेको बताउँछिन् आकांक्षा । “हामी कसैलाई गाली गर्नु वा होच्याउनु भन्दा पनि यौनका विषयमा परिवारमा, समाजमा र साथिभाईमा सहजसँग कुरा गर्न सकियोस, उत्पादन र आनन्दका लागि बनेका शरिरका अंगहरु दुःखका कारक नबनुन भन्ने हाम्रो कामना हो ।” त्यसैकाराण हुनु पर्छ यसपटकको प्रस्तुतिमा ‘म यस्तो पुरुष हुन चाहान्छु’ भन्ने नयाँ शिर्षक पनि थपिएको छ ।

    धर्म, संस्कृति र आर्दशका नाममा बर्षौ देखि महिलाको शरिरलाई गिजोल्ने गरिएको सन्र्दभमा, तीन बर्ष देखि नेपालमा मञ्चन गर्न थालिएको यो नाटकको यसपटकको रिर्हसल भने चर्चमा हुँदै छ । चर्चको हलमा १४ जना युवतीहरु यौन अधिकार र यौन समानताका लागि प्राथनारत् छन् ।

    नाटकमा, सरिता गिरी, शान्ती गिरी, रेनुका कार्की, निशा कार्की, आकांक्षा कार्की, लुनिभा तुलाधर, सिर्जना अधिकारी, केनिपा सिंह, सिर्जना सुब्बा, पशुपति राई, विनिता गुरुङ, विजया कार्की, गुञ्जन दिक्षित र स्मिता राजारामको अभिनय रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast