सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा भारत प्रस्थान

    आयुर्वेदिक पद्धतिबाट उनको स्वास्थ्योपचार गराइने, उपचारका क्रममा एक साता भारत बस्ने

    शुक्रबार, १८ फागुन २०७४, आहाखबर
    फाइल तस्वीर

    काठमाडौँ, १८ फागुन :

    राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि शुक्रबार भारत प्रस्थान गरेका छन् । 

    आयुर्वेदिक पद्धतिबाट उनको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने सन्दर्भमा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम तय गरिएको छ । 

    सोही क्रममा भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । उनको यही फागुन २४ गते स्वदेश फर्कने कार्यक्रम छ । अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने सन्दर्भमा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम तय गरिएको छ ।  

    सोही क्रममा भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । उनको यही फागुन २४ गते स्वदेश फर्कने कार्यक्रम छ । यसअघि पनि उनि उपचारकै क्रममा करिब तीन साता लामो समय भारत बसेर तीन दिनअघि मात्र नेपाल आएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast