सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    सम्मान तथा बधाई

    पुनः सांसद बनेका ३५ सांसदलाई मञ्चद्वारा सम्मान तथा बधाई

    एक वर्षभित्र काठमाडौँलाई धुलोमुक्त बनाउनका लागि योजनाबद्ध रुपमा काम गरिने मन्त्री लालबाबु पण्डितको जिकिर

    शुक्रबार, १८ फागुन २०७४, आहाखबर

    काठमाडौँ, १८ फागुन

    पूर्व सांसद मञ्च, नेपालले आफ्ना आजीवन सदस्य पुनःसंघीय संसद्का सदस्य बनेका मन्त्री तथा प्रतिनिधिसभाका सदस्यलाई बधाई तथा सम्मान गरेको छ ।

    सिंहदरबारस्थित मञ्चको कार्यालयमा आज आयोजना गरेको कार्यक्रम मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलगायत संघीय संसद्का ३५ जना सदस्यलाई बधाई तथा सम्मान गरेका हुन् ।

    मन्त्री पण्डितले पूर्व सांसदलाई स्वास्थ्य बीमाका लागि आफूले पहल गर्ने उल्लेख गर्दै सरकारले पैसा नदिने तर सरकारी अस्पतालमा बिरामी भएका उपचार गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

    मन्त्री पण्डितले भने, “उपचार खर्च दिँदा कतिपय अवस्थामा सरकार बदनाम पनि भएको छ, सरकारले पैसा दिने भएपछि विदेशमा गएर उपचार गर्ने चलन छ, त्यो रोक्नुपर्छ, धनीलाई भन्दा पनि कम पहुँच र कमजोर आर्थिक अवस्था भएकालाई दिनुपर्छ ।"

    काठमाडौँमा उपत्यकामा धुलोले क्यान्सरको मात्र बढाउने देखिएको अध्ययनबाट थाहा भएको उल्लेख गर्दै उनले एक वर्षभित्र काठमाडौँलाई धुलोमुक्त बनाउनका लागि योजनाबद्ध रुपमा काम गर्ने बताए ।

    मञ्चका अध्यक्ष श्रेष्ठले सरकारले पूर्व पदाधिकारीलाई सुविधा दिने र पूर्व सांसदलाई नदिने गर्न नहुने उल्लेख गर्दै सबै सांसदबाटै गएको हुँदा सुविधा दिए सबैलाई दिनुपर्ने नदिए कसैलाई पनि दिन नहुने माग गरे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast