सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    भोजपुरमा न्यायिक समितिलाई मेलमिलापसम्बन्धी तालीम सम्पन्न

    न्यायिक सदस्यलाई मेलमिलापसम्बन्धी काम गर्नका लागि सहज गराउने उद्देश्यका साथ तालीम सञ्चालन

    शुक्रबार, १८ फागुन २०७४, आहाखबर

    भोजपुर, १८ फागुन । 

    भोजपुर जिल्लास्थित स्थानीय तहका न्यायिक समितिलाई सामुदायिक मेलमिलापसम्बन्धी तालीम दिइएको छ । 

    स्थानीय तहका उप (प्रमुख) को संयोजकत्वमा गठित तीन सदस्य न्यायिक समितिलाई लक्षित गरी सामुदायिक मेलमिलापसम्बन्धी आठ दिनको तालीम दिइएको हो । 

    तालीम न्यायिक सदस्यलाई मेलमिलापसम्बन्धी काम गर्नका लागि सहज गराउने उद्देश्यका साथ सञ्चालन गरिएको आयोजक प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका संयोजक सूर्यविक्रम राईले बताए  । 

    स्थानीय तहको न्यायिक समितिको पदाधिकारीलाई काम गर्न अन्योल भइरहेको अवस्थामा तालीम अत्यन्तै उपयोगी बनेको सहभागीले बताएका छन् । गत ९ गतेबाट शुरु भएको तालीम बिहीबार सम्पन्न भएको हो । तालीममा उपप्रमुखसहित ३० जनाको सहभागिता रहेको थियो । रासस 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast