शुक्रबार, जेष्ठ १६, २०७७
    सावधान

    फागुका दिन पौडी खेल्न जाँदा नारायणीमा डुबेर बेपत्ता

    रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबारदेखि बेपत्ता

    शुक्रबार, १८ फागुन २०७४, आहाखबर

    चितवन, १८ फागुन :

    फागुका दिन पौडी खेल्न नारायणीमा गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् । 

    भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast