शुक्रबार, जेष्ठ १६, २०७७
    मुभी-थिएटर

    बलीउड

    श्रीदेवीको निधनबारे विभिन्न आशंका, भारतमा तीव्र विवाद

    दुबई सरकारले भने बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको छ

    मंगलवार, १५ फागुन २०७४, आहाखबर

    काठमाडौँ, १५ फागुन

    दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ ।

    दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्टमा श्रीदेवीको मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर बयान दिएको छ । भारतीय सञ्चार माध्यमले श्रीदेवीको हत्या भएको हुनसक्ने आशङ्कासहितका समाचारहरु  प्रकाशन प्रशारण गरिरहेका छन् । 

    श्रीदेवीको मृत्युको कारण हृदयघात, बाथ टबमा डुबेर, रक्सी पिएर अथवा कुनै षडयन्त्रका कारण भन्ने विभिन्न समाचार बाहिर आएका छन् ।  कतिपय समाचारमा उहाँले अत्यधिक रक्सी सेवन गर्ने गरेको बताइएपनि भारतीय सिनेमा जगतका व्यक्तित्वले श्रीदेवीले कडा मात्रामा रक्सी सेवन नगर्ने गरेको बताएका छन् । दुबई सरकारले भने बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको छ ।

    श्रीदेवीको पार्थिक शरीरलाई मङ्गलबार पनि स्वदेश ल्याइएको छैन । उनको पार्थिक शरीरलाई मुम्बई ल्याइ श्रद्धाञ्जलि दिन सिने जगतलगायतका उनका हजारौँ समर्थक मुम्बईमा पर्खाइमा रहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast