शुक्रबार, जेष्ठ १६, २०७७
    सावधान

    एनआइइसीलाई आगलागीबाट करिब रु ५० लाखको क्षति

    ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचौ तलामा आगोलागी भएको प्रहरीको जानकारी

    मंगलवार, १५ फागुन २०७४, आहाखबर

    काठमाडौँ, १५ फागुन  । 

    पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ । 

    महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचौ  तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिए । उक्त घटनामा मानवीय क्षति भने भएको थिएन । 

    आगो नियन्त्रणमा लिन घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका थिए भने काठमाडौँ उपत्यकाका चारवटा दमकल प्रयोग गरिएको थियो । 

    सो संस्थाबाट उच्च शिक्षाको अध्ययन पूरा गरेका विद्यार्थीलाई विभिन्न मुलुकमा थप अध्ययनका लागि आवश्यक परामर्श तथा अध्यापनको कार्य गरिँदै आएको थियो । रासस 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast