शुक्रबार, जेष्ठ १६, २०७७
    सावधान

    राजधानीको पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

    सोमबार, १४ फागुन २०७४, आहाखबर
    फाइल तस्वीर : भीषण आगोलागी

    काठमाडौँ, १४ फागुन  । 

    पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । 

    उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । 

    अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ । 

    घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast