मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    बलिउड

    हिट चलचित्रका यि नायक अहिले पापड बेच्दै, तस्बिर सार्वजनिक !

    सार्वजनिक भएको फोटोमा उनि साइकलमा पापड राखेर बेचिरहेका देखिन्छन्

    शुक्रबार, ११ फागुन २०७४, आहाखबर

    एजेन्सी , ११ फागुन । 

    बलिउड अभिनेता ऋतिक रोशन धेरै समय लाईमलाईट बाट हराए । अहिले उनको नयाँ तस्बिर सार्वजनिक भएको छ । उनि सडकमा पापड बेच्दै गरेको देखिएका छन् । तर उनले रियल लाइफमा नभई रिल लाइफमा पापड बेचेका हुन् । यो दृश्य चलचित्र ‘सुपर ३०’को हो जहाँ ऋतिक नयाँ अवतारमा देखिँदैछन् ।

    अहिले यो चलचित्रको छायांकन भइरहेको छ । सार्वजनिक भएको फोटोमा  ऋतिक साइकलमा पापड राखेर बेचिरहेका देखिन्छन् । चलचित्र ‘सुपर ३०’ मा ऋतिक भारतका नाम चलेका गणितज्ञ आनन्द कुमारको भूमिका निर्वाह गरिरहेका छन् । उनले आफूलाई त्यो पात्र जस्तो देखिनको लागि धेरै मेहनत गरेको बताईएको छ । झट्ट हेर्दा चलचित्रमा उनलाई चिन्न समेत गाह्रो पर्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast