मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    बलिउड

    रामगोपाल वर्माले ल्याए पोर्नस्टार, ‘सेक्स’का विषयमा फिल्म बनाएपछि बिरोध

    फिल्मको ट्रेलर जनवरी २०१८ मा रिलिज भएको थियो जहाँ रिलिज हुनासाथ उक्त ट्रेलर भाइरल भइरहेको छ ।

    शुक्रबार, ११ फागुन २०७४, आहाखबर

    एजेन्सी , ११ फागुन  । 

    बलिउड निर्देशक रामगोपाल वर्माले आगामी फिल्म ‘गड सेक्स एण्ड ट्रुथ’मा पोर्नस्टारलाई ल्याएपछि इण्डिया डेमोक्रेटिक वुमन एसोसिएसन र अन्य महिला संगठनले वाइजेग प्रहरीको विरोध गर्दै ४८ घण्टाको भोक हड्तालको घोषणा गरेका छन् । उनीहरुले महिलाको संवेदनशील विषयको खिल्ली उडाएको आरोप पगाएका छन् । महिलाहरुले विशाखापट्टनमको गान्धी शालिक अगाडि भोक हड्ताल सुरु गरेका छन् ।   

    महिलाहरुले प्रहरीले रामगोपाल वर्माको विरुद्ध मुद्दा दर्ता गर्न आनाकानी गरेको आरोप समेत  लगाएका छन्।  महिलाहरुले वर्माविरुद्ध विशाखापट्टनममा लिखित उजुरी दिएका थिए तर प्रहरीले उजुरी स्वीकार गरेन भन्ने उनीहरुको आरोप छ । फिल्मको ट्रेलर जनवरी २०१८ मा रिलिज भएको थियो जहाँ रिलिज हुनासाथ उक्त  ट्रेलर भाइरल भइरहेको छ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast