मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    हलिउड

    संसारका सबैभन्दा बढी कमाउने १० फिल्महरु कुन कुन हुन् ? जानिराखौ .....

    ‘अवतार’ पछिल्लो ८ बर्ष देखि संसारको सबैभन्दा बढी कमाउने फिल्म

    बिहिवार, १० फागुन २०७४, आहाखबर

    काठमाडौं, १० फागुन । 

    हलिउडमा धेरै चलचित्रहरु बनिरहेका हुन्छन । ति चलचित्रको लगत पनि धेरै नै हुन्छ । बढि बजेटमा बनिएका चलचित्रले बक्स अफिसमा धमाका नै मचाईरहेका हुन्छन । थाहा पाउनुहोस कुन १० चलचित्रले धेरै कमाई गरेका छन् ।

     

     

     

    १. अवतार

    फिल्म ‘अवतार’ पछिल्लो ८ बर्ष देखि संसारको सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो जसलाई निर्देशक जेम्स क्यामरोनले निर्देशन गरेका थिए  । यो फिल्म  १८ डिसेम्बर २००९ मा रिलिज भएको थियो । ‘अवतार’ विश्वभरबाट १८ हजार ३३ करोड कमाएको थियो । त्यतिबेला यसले जेम्स क्यामरोन कै सुपरहिट फिल्म ‘टाइटनिक’को रेकर्ड तोडेको थियो ।

     

    २. टाइटानिक

    १९९७ मा रिलिज भएको यो चलचित्रको निर्देसन जेम्स क्यामरोनले नै गरेका थिए ।   फिल्मले विश्वभरबाट १४ हजार ३०४ करोड कमाएको थियो ।

     

    ३. स्टार वार्स (द फोर्स अवाकेन्स)

    यो चलचित्र सन् २०१५ मा रिलिज भएको थियो ।  यो फिल्मले विश्वभरबाट १३ हजार ३३५ करोड कमाएको थियो ।

     

    ४. जुरासिक वल्र्ड

    यो चलचित्र पनि २०१५ मा रिलिज भएको थियो जहाँ  यो फिल्मले विश्वभरबाट १० हजार ८२८ करोड कमाएको थियो ।

     

    ५. द एभेन्जर्स

    मर्वल्सको सन् २०१२ मा आएको यो फिल्मले विश्वभरबाट ९ हजार ८४२ करोड कमाउँदै सबैभन्दा बढी कमाउने फिल्मको सूचीको पाँचौ स्थानमा रहन सफल भएको छ  ।

     

    ६. फ्युरियस ७

    यो फिल्म सन्  २०१५ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट ९ हजार ५८३ करोड कमायो ।

     

    ७. ह्यारी पोर्टर एन्ड डेथी हलोजः पार्ट २

    यो फिल्म सन् २०११ मा रिलिज भएको थियो जहाँ यो फिल्मले विश्वभरबाट ९ हजार ६८९ करोड कमाउन सफल भएको थियो ।

     

    ८. एभेन्जर्स ऐज अफ अल्ट्रोन

    यो फिल्म सन् २००५ मा रिलिज भएको थियो जहाँ  यो फिल्मले ९ हजार १२१ करोड कमाएको थियो ।

     

    ९. स्टार वार्स (द लास्ट लेडी)

    यो फिल्म सन् २०१७ मा आएको थियो जहाँ  यो फिल्मले ८५७१ करोड कमाएको थियो ।

     

    १०. फ्रोजन

    यो फिल्म सन् २०१३ मा आएको थियो जहाँ यो फिल्मले ८ हजार २५४ करोड कमाएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast