मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    बलिउड

    ‘बागी २’ को लागी टाइगर श्राफले बनाए भयङ्कर शरीर, ‘बागी ३’ पनि बन्ने घोषणा

    फिल्मलाई अहमद खानले निर्देशन गर्नेछन् भने साजिद नाडियाडवालाले निर्माण गर्नेछन् ।

    बुधबार, ९ फागुन २०७४, आहाखबर

    काठमाडौं, ९ फागुन ।

    टाइगर श्राफले आफ्नो आउँदो फिल्मको लागि आफ्नो शरीरलाई निकै कसिलो बनाएका छन् ।  साथै अब ‘बागी’ को तेस्रो सिक्वेल पनि  बन्ने लगभग पक्का-पक्की जस्तै  भएको छ । निर्माण पक्षले ‘बागी २’ रिलिज नहुँदै ‘बागी ३’ बनाउने घोषणा गरेको हो । यो फिल्ममा पनि टाइगरको मुख्य भूमिका हुने बताइएको छ ।

    ‘बागी २’ को ट्रेलर नै हालसम्म सार्वजनि भएको छैन । फिल्मलाई अहमद खानले निर्देशन गर्नेछन् भने साजिद नाडियाडवालाले निर्माण गर्नेछन् । यो सिरिजको पहिलो फिल्म ‘बागी’ २०१६ मा रिलिज भएको थियो, जसमा टाइगर श्राफ र श्रद्धा कपूरको मुख्य भूमिका थियो ।

     ‘बागी २’ अप्रिल ३० मा रिलिज हुनेछ । फिल्मको निर्माण लागत ५० करोड बताइएको छ । ‘बागी २’ मा भने टाइगरको अपोजिटमा दिशा पटानी देखिएकी छिन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast