शुक्रबार, जेष्ठ १६, २०७७
    मुभी-थिएटर

    बलिउड

    सलमानले फेरि अर्जित सिंहको गीत हटाउन लगाए, दुश्मनी झन् बढ्दै

    उनले ‘वेलकम टु न्यूयोर्क’ फिल्मबाट अरजितको गीत हटाउन निर्देशन हुन्

    बुधबार, ९ फागुन २०७४, आहाखबर

    फागुन ९, २०७४

    सलमानको मित्रता र दुश्मनीको किस्सा धेरै छन् जहाँ उनि मित्रको "गडफादर" नै बन्दछन् भने दुष्मनको सेखि नै झार्छन । उनी आफ्ना साथीहरूका लागि जस्तोसुके सहयोग गर्न तत्पर रहन्छन भने अर्कोतीर दुश्मनी साँध्नेहरूलाई कहिल्ये माफी दिदैनन्।

    बलिउडका अहिलेका चर्चित गायक अर्जित सिंह यसका पछिल्ला उदाहरण हुन्। समलान र अर्जितको दुश्मनी सन् २०१४ बाट सुरू भएको हो। एक अवार्ड सोमा अवार्ड लिएपछि अर्जितले ‘तपाईहरूले निन्द्रा लगाइदिने बनाउनुभयो’ भनेर सलमानको टिप्पणी गरेका थिए। जवाफमा सलमानले "यसमा हाम्रो कुनै दोष छैन्" भनेर अर्जितको ‘तुम हि हो…’ गीत गाएका थिए।

    एक समय त्यसलाई नोकझोक मात्र ठानिएको भए पनि सलमान त्यस घटनाबाट रिसाएको कुरा तब बाहिरियो जब उनले  ‘किक’ तथा ‘प्रेम रतन धन पायो’ फिल्मबाट अर्जितको गीत हटाउन लगाए। यो सिलसिला यसमा मात्र रोकिएन ‘सुल्तान’को गीत पनि सलमानले हटाए। सलमानको यस प्रतिक्रिया पछि अर्जितले आफ्नो गीत नहटाउइदिन आग्रह गर्दै फेसबुकमा स्टाटस समेत लेखेका थिए तर गीत फिल्म अटाएन। पछि अर्जितले स्टाटस हटाएका थिए।

    तर यसपटक पनि सलमानले फेरी पनि आफू अभिनित फिल्मबाट सिंहले गाएको गीत हटाउन लगाएका छन्। उनले ‘वेलकम टु न्यूयोर्क’ फिल्मबाट अरजितको गीत हटाउन निर्देशन हुन्। फिल्ममा सलमानको ठुलो भुमिका नभई मात्र केमियो भूमिका छ।  निर्माण पक्षले फिल्ममा अर्जितको गीत राख्न चाहेको भए पनि सलमानले उनीहरू हटाउन भनेको भारतीय संचारमाध्यमले जनाएका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast