मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    हलिउड

    अवतारको सिक्वेल आउंदै , यसको बजेटले १० वटा बाहुबली चलचित्रको निर्माण गर्न सकिने

    चलचित्र निर्माणमा चार भाग रहेका छन् जहाँ चारै भागको एकसाथ सुटिङ गरिँदै

    सोमबार, ७ फागुन २०७४, आहाखबर

    काठमाडौँ, ७ फागुन । 

    के तपाईंले  सन् २००९ मा सार्वजनिक हलिउड चलचित्र ‘अवतार’ हेर्नुभयो ? सायद हलिउड चलचित्र मन पराउने कमैले मात्र यो चलचित्र नहेरेको होला। यो अहिलेसम्मको विश्वकै सबैभन्दा बढी कमाई गर्ने चलचित्र हो । यो चलचित्रले संसारभर हंगामा मच्चाउँदै २.८ अर्ब डलरको कमाइ गर्न सफल भएको थियो ।

    चलचित्रका निर्देशक हुन् जेम्स क्यामरुन, जसको खातामा एउटा पनि फ्लप चलचित्र छैनन् । उनि एक पर्फेक्ट चलचित्र बनाउन माहिर छन् । उन्ले काल्पनिक कथामा यो चलचित्रको  निर्माण गरेका थिए । चलचित्रमा पृथ्बी र अर्का ग्रहको कथा बुनिएको छ । दर्शकले चलचित्रलाई औधी  रुचाए । विश्वरभरबाट चलचित्रले तारिफ समेत बटुल्न सफल रह्यो ।

    सफलतासँगै चलचित्रको सिक्वेल बनाउन धेरै प्रसंसकहरुले दबाब दिएका थिए । चलचित्रका निर्देशक जेम्स पनि अवतारको भन्दा राम्रो कथाको खोजी गरिरहेका थिए ।  अब उनीहरुको मागको सुनुवाई भएको छ । निर्देशक जेम्सले चलचित्रको सिक्वेल अहिले सुरु गरेको समाचार बाहिर आएको छ ।

    चलचित्र थ्रिडीको रुपमा निर्माण हुने र विश्वकै सबैभन्दा महँगो चलचित्र बन्ने दाबी गरिएको छ ।   भव्य चलचित्र बनाउने मामिलामा अभिनेता जेम्स परिचित छन् । उनले यस अगाडि टर्मिनेटर २ र टाइटानिक जस्ता सफल चलचित्र बनाएका छन् ।

    चलचित्रको निर्माण लागत एक अर्ब डलरभन्दा बढी लाग्ने अनुमान गरिएको छ । चलचित्रका निर्माता निर्देशक चलचित्रले लगानी भन्दा धेरै बढी कमाउने अनुमान गरेका छन् । चलचित्र निर्माणमा चार पार्ट रहेका छन् । चारै पार्ट एकसाथ सुटिङ गरिँदैछ । अवतारका दोस्रो संस्करण १८ डिसेम्बर २०२० मा रिलिज हुनेछ । अर्को  संस्करण यसको एक वर्ष पछि आउनेछ । बाँकी दुई भाग २०२४ र २०२५ मा आउने अडकलन गरिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast