शुक्रबार, जेष्ठ १६, २०७७
    मुभी-थिएटर

    बलिउड

    बक्सअफिसमा कमजोर बन्दै ‘प्याडम्यान’, सोचे अनुसारको कमाई भएन

    शनिवारसम्मको बक्सअफिस कलेक्सन रिपोर्ट अनुसार फिल्मको बिषयवस्तुलाई दर्शकले अत्याधिक रुचाए पनि फिल्मले बक्सअफिसमा खासै कमाल गर्न सकेको छैन ।

    सोमबार, ७ फागुन २०७४, आहाखबर

    काठमाडौँ , ७ फागुन । 

    अक्षय कुमारको फिल्म ‘प्याडम्यान’ कमजोर बन्दै गएको छ । शनिवारसम्मको  बक्सअफिस कलेक्सन रिपोर्ट अनुसार फिल्मको बिषयवस्तुलाई दर्शकले अत्याधिक रुचाए पनि फिल्मले बक्सअफिसमा खासै कमालगर्न सकेको छैन । 

    फिल्म प्रदर्शन भएको पहिलो दिनमा  १० करोड २६ लाख रकम कलेक्सन गरेको थियो ।  त्यस्तै दोस्रो दिन १३ करोड ६८ लाख, तेस्रो दिन १६ करोड ११ लाख, चौथो दिन ५ करोड ८७ लाख, पाँचौ दिन ६ करोड १२ लाख, छैटौ दिन ७ करोड ५ लाख, सातौ दिन ३ करोड ७८ लाख, आठौ दिन २ करोड १० लाख र नवौं दिन ३ करोड १५ लाख कलेक्सन गरेको छ ।  तर दोस्रो हप्ताको सुरुवात सँगै फिल्मको कलेक्सन कमजोर हुँदै गएको हो  । दोस्रो हप्ताको शुक्रवार २ करोड कमाएको फिल्मले शनिवार ३ करोडको मात्र विजनेश गर्न सफल भयो । 

    फिल्मले प्रदर्शनको ९ दिनसम्ममा कूल ६८ करोड १२ लाख कमाउन सफल भएको छ । भारतीय मिडियाका अनुसार, ८० करोडमा यो फिल्म निर्माण भएको हो । ‘प्याडम्यान’ पहिला २६ जनवरीमा रिलिज हुन लागेको थियो तर सञ्जय लीला भंसालीको ‘पद्मावत’ का कारण अक्षयले आफ्नो फिल्मको रिलिज अगाडि बढाएर ९ फेव्रअरीलाई तोके । रिलीज डेट अगाडि बढाएका कारण पनि केही फाइदा ‘प्याडम्यान’ लाई पक्कै भएको छ । यदी ‘प्याडम्यान’, ‘पद्मावत’ सँग रिलिज भएको भए यति कमाउन पनि मुश्किल थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast