मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    बलिउड

    यी हुन् ५० काटेका बलिउड स्टार , जो अहिले पनि उत्तिकै जवान देखिन्छन्

    साधारण मानिसहरू पेन्सन पकाएर घरायसी काम गर्ने उमेरमा पनि बलिउडका स्टारहरूमा उस्तै फुर्ती र जाँगर पाउन सकिन्छ ।

    आईतवार, ६ फागुन २०७४, आहाखबर

    काठमाडौं, ६ फागुन ।

    तपाईं आफुंलाई ५० वर्षको हुँदा कस्तो रुपमा कल्पना गर्नु हुन्छ ! जवानी सकिएको कुरूप सरिरको कल्पना गर्नु हुन्छ होला ! पक्कै पनि ५० बर्ष उमेर नाघेपछि मानिसले आफ्नो उमेर ढल्केको महसुस गर्छ । तर बलिउडका स्टारहरूलाई हेर्दा लाग्छ की उनीहरूको जवानी सकिएको पटक्कै छैन । साधारण मानिसहरू पेन्सन पकाएर घरायसी काम गर्ने उमेरमा पनि बलिउडका स्टारहरूमा उस्तै फुर्ती र जाँगर पाउन सकिन्छ ।

     

    सलमान खान

    सलमान खानलाई बलिउडका ‘दबंग’को नामले चिनिन्छ । सलमान खान अहिले  जिवनको ५२ औं बसन्त पार गरेर ५३ औं बर्ष प्रवेश गरेका छन् ।

     

    आमिर खान

    आमिर खानलाई मिस्टर परफेक्शनिस्ट को उपनामले चिनिन्छ । उन्को उमेर पनि ५२ बर्ष भइसकेको छ । तर पनि उनी अझै जवान देखिन्छन् ।

     

    माधुरी दीक्षित

    ‘धकधक गर्ल’की रुपमा प्रख्यात माधुरी दीक्षितको उमेर पनि ५१ बर्ष भईसकेको छ । तर ५० बर्ष पार गर्दा पनि उनको तस्विर ३० बर्ष पुगेका अभिनेत्री भन्दा कम् छैन ।

     

    अक्षय कुमार

    बलिउडका ‘खेलाडी’का उपनामले प्रख्यात अक्षयकुमारलाई हेरेर यस्तो लाग्छ, जसले उमेर रोक्ने वरदान पाएका छन् । ५१ बर्षका अक्षय आज पनि बलिउडका सबैभन्दा ड्यासिङ स्टार मानिन्छन् । उन्को शारीरिक संरचनामा कुनै पनि फेरबदल देखिदैन ।

     

    शाहरूख खान

    बलिउडका ‘किङ खान’का उपनाम पाएका शाहरूख खानको उमेर ५२ बर्ष भइसकेको छ । उनलाई हेर्दा ३० बर्षका अभिनेता जस्तै देखिन्छन् ।

     

    सनी देओल

    सनी ६१ बर्षका भए । हामी उन्को शारीरिक बनावटमा अझै कुनै भिन्नता पाउँदैनौ । उनी अझै युवा देखिन्छन् ।

     

    श्रीदेवी

    श्रीदेवीलाई देखेर कसैले भन्छ, उनी ५४ बर्षकी भइन । उनी अझै पनि ३० बर्षका हिरोइन भन्दा कम देखिन्नन् ।

     

    सुनील शेट्टी

    सुनील शेट्टी ५७ बर्ष पुगेका छन् । उनको फिटनेस र फुर्तीमा भने कुनै कमी आएको छैन ।

     

    संजय दत्त

    संजय दत्त ५८ बर्ष पुरा भएका छन् । उनी जेलबाट फर्किएपनि दन्तुरूस्त छन् र युवा देखिन्छन् ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast