मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    चलचित्र ‘ब्लाइन्ड रक्स’ को नेपालमा रिलिज अगावै हङकङमा प्रिमियर हुने

    आगामी फागुन १८ गते मुलुकभर प्रदर्शनमा आउने चलचित्र दृष्टिविहीन सृष्टिको कथामा आधारित

    आईतवार, ६ फागुन २०७४, आहाखबर

    काठमाडौं, फागुन ६ । 
    चलचित्र ‘ब्लाइन्ड रक्स’ को नेपाल रिलिज अगावै हङकङ प्रिमियर हुने भएको छ । हङकङले चलचित्रलाई युनिभर्सल प्रमाणपत्र दिदैँ प्रिमियर गर्न लागेको हो । 

    चलचित्रको १ घन्टा ४८ मिनेटको रहेको छ । बायोपिक ड्रामा ‘ब्लाइन्ड रक्स’मा प्रतिभावान दृष्टिविहिन युवती सृष्टि केसीको कथालाई उठाइएको छ । 

    चलचित्रमा सृष्टिको भूमिकामा अभिनेत्री बेनिशा हमाल प्रस्तुत भएकी छिन् । फागुन ६ गते प्रदर्शन हुन लागेको चलचित्रलाई हङकङस्थित नेपाल चलचित्र एसोसिएसनले प्रदर्शन गर्न लागेको हो । 

    अध्यक्ष राजु राईको अगुवाइमा स्थानिय युनलङ हलमा देखाइन लागेको प्रिमियरमा निर्माता निकेश लिम्बु सहभागी हुने भएका छन् । मिलन चाम्सको निर्देशन रहेको चलचित्र नेपालमा फागुन १८ गते रिलिज हुने भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast