मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    तरकारीवाली अभिनित चलचित्र ‘लम्फु’ को ३ पोस्टर सार्वजनिक

    एकसाथ रिलिज गरिएको तीन पोस्टरमा मुख्य कलाकारहरु फिचरिङमा, चलचित्र बैशाख २८ गते प्रदर्शनमा आउने

    शुक्रबार, ४ फागुन २०७४, आहाखबर

    काठमाडौं, फागुन ४ ।
    चलचित्र ’लम्फू’को तीन पोस्टर एकसाथ सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्य कलाकारहरु फिचरिङमा छन् । जसमध्य तरकालीवालीको नामले चर्चित कुशुम श्रेष्ठ पनि रहेकी छिन् । तीनवटै पोस्टरले कलाकारको लुक्सको झल्को दिन्छ ।

    आगामी बैशाख २८ रिलीज गर्ने तयारीमा रहेको चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी सलोन बस्नेत र कुशुम श्रेष्ठ को मुख्य अभिनय रहेको छ। 

    चलचित्रमा एक युवाको जीवनमा आइपर्ने अकल्पनिय घटनाले निम्त्याउने विषयवस्तुलाई चित्रण गरिएको छ । फिल्मले समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने बुझाउदछ । 

    दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ। भूपतिले लेखेको लम्फूलाई गोपालचन्द्र लामिछानेले निर्देशक गरेका हुन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast