शुक्रबार, जेष्ठ १६, २०७७
    मुभी-थिएटर

    केबिसी

    अब नेपाली टेलिभिजनमा पनि ‘को बन्छ करोडपति’ प्रसारण हुने

    रबिएन र एपी वान टेलिभिजनको सयुक्त आयोजनामा प्रसारण हुन लागेको यो कार्यक्रमको प्रस्तोता राजेश हमाल हुने भएका छन्

    शुक्रबार, ४ फागुन २०७४, आहाखबर

    काठमाडौं, ४ फागुन ।

    नेपालीहरु प्राय: भारतिय टेलिभिजन कार्यक्रमहरु हेर्छन् । बेलुकी कसैकोमा टिभी बजिरहेको छ भने प्रायको च्यानल भारतिय भाषाको नै लगाईरहेको हुन्छ । तर बिस्तारै नेपाली टिभी च्यानलहरु पनि गुणस्तरको कार्यक्रम प्रसारण गर्न थालेका छन् । एपीवान टिभीको नेपाल आइडलको अपार सफलता पछि धेरै अन्तराष्ट्रिय स्तरका रियालिटी शो हरु आउने क्रममा छन् । त्यसै रुपमा अब टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति‘ पनि नेपालमा प्रसारण हुने भएको छ । एसआरबिएन र एपी वान टेलिभिजनको सयुक्त आयोजनामा प्रसारण हुन लागेको यो कार्यक्रमको प्रस्तोता राजेश हमाल हुने भएका छन् । यो कार्यक्रम अन्तराष्ट्रिय फ़्रेन्चाइजको हो जहाँ विभिन्न देशहरुमा यस्को प्रसारण हुनेगरेको छ ।

    एसआरबिएनका प्रमुख कार्यकारी अधिकृत बिपिन आचार्यका अनुसार आउँदो जेठबाट केबिसी टेलिभिजनमा प्रसारण हुने जानकारी दिए ।  नेपालमा आयोजना हुने केबिसी पनि बेलायतमा पालना गरिने नियम अनुसार नै खेलाइने आयोजकले बताएका छन् । सुरुमा रजिस्ट्रेसन मार्फत  छानिएका १० जनालाई फास्टेस्ट फिङ्गरको लागि चुनिने छ । चुनिएका १० जनालाई कार्यक्रममा गई हट सिटको लागि प्रतिस्पर्धा गराईने छ । जहाँ छिटो उत्तर मिलाउने एक भाग्यमानीले एक करोडको लागि खेल खेल्न पाउने छन् । खेलमा लाइफ लाइनका रुपमा अडियन्स पोल, फोन–अ–फ्रेण्ड, फिप्टी-फिप्टी गरि तीन लाइफ लाइन हुनेछन् ।

    आयोजकले केबिसी नेपालको मोबाइल एप्लिकेशन पनि सार्वजनिक गरेको छ । एप्लिकेशनमा भएका प्रश्नहरुको जवाफ दिएर तोकिएको प्वाइन्ट जितेपछि उपहारहरु पनि पाइने आयोजकले बताएका छन् । यस पत्रकार सम्मेलनमा नायक राजेश हमाल, एपी टेलिभिजनका प्रतिनिधि र आयोजकहरुको समेत उपस्थिति थियो । आयोजक एसआरबिएनका सीइओ आचार्यले केबिसी आयोजनाका लागि अनुमानित  १५ करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको बताएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast