बिहिवार, जेष्ठ २२, २०७७
    मुभी-थिएटर

    टेलिभिजन

    टेलिभिजनमा फेरी फर्किंदै कपिल, ‘फेमिली टाइम वीथ कपिल’ लिएर आउंदै

    उनको नयाँ कार्यक्रमको नाम ‘फेमीली टाइम वीथ कपिल शर्मा’ रहने भएको छ

    बिहिवार, ३ फागुन २०७४, आहाखबर

    काठमाडौँ , ४ फागुन  ।

    भारतिय कमेडिन कपिल शर्मा फेरी नयाँ टेलिभिजन शो लिएर आउने भएका छन् । उनको नयाँ कार्यक्रमको नाम ‘फेमीली टाइम वीथ कपिल शर्मा’ रहने भएको छ । कपिलको यो तेस्रो टेलिभिजन कार्यक्रम हो । सबैभन्दा पहिला उनको कार्यक्रम ‘कमेडी नाइट्स वीथ कपिल’ कलर्स च्यानलमा हिट भएको थियो । तर, केही विवादपछि यो कार्यक्रम बन्द भएको थियो ।

    त्यसपछि उनले फेरी सोनी च्यानलमा ‘द कपिल शर्मा शो’ सञ्चालन गरे । यो कार्यक्रमले धेरै टिआरपी तोड्यो । तर यो कार्यक्रम पनि पनि धेरै समय प्रशारण हुन भने सकेन । गएको वर्ष अष्ट्रेलियाबाट फर्किने क्रममा सहकर्मी सुनिल ग्रोवरसँग कपिल शर्माको झगडा परेपछि सुनिल ग्रोवरले ‘द कपिल शर्मा’ शो छाडेका थिए ।

    सुनिलले छाडे लगत्तै कार्यक्रमको टिआरपी खस्केको थियो । यो बीचमा उनले सुनिललगायत अन्य सहकर्मीलाई पुनः कार्यक्रममा ल्याउन प्रयास नगरेका होइनन् तर, सकेनन् । च्यानलले कार्यक्रम बन्द गर्ने चेतावनी दिँदा दिँदै पनि केही एपिसोड कार्यक्रम बनाए । तर, अन्तमा कार्यक्रम बन्द भयो ।

    टेलिभिजन कार्यक्रम बन्द भए लगत्तै उनले अभिनय गरेको हिन्दी चलचित्र ‘फिरंगी’ प्रदर्शन भयो । फिरंगीको कमजोर ब्यापारले उनको करिअरमै आशंका गर्नेहरु धेरै भए । अहिले नयाँ शो ल्याएर कपिलले आफ्नो करिअरलाई फेरि ब्यूँताउन खोजेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast