मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    पुजा र सुदर्शनको चलचित्र ‘रामकहानी’ को छायाँकन सुरु

    महाशिवरात्रीका दिनबाट सुरु गरिएको चलचित्र रामकहानी आगामी भदौमा तीजको अवसरमा प्रदर्शनमा आउने

    बुधबार, २ फागुन २०७४, आहाखबर

    काठमाडौं, फागुन २ । 
    निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको लगानीमा बन्न लागेको चलचित्र ‘रामकहानी’को छायाङ्कन सुरु भएको छ । पोखराको माथिल्लो डाँडा कास्कीकोटबाट चलचित्रको शुभमुर्हत गरिएको हो । 

    मङ्गलवार शिवरात्रीको दिनबाट रामकहानीको सुरुवात भएको हो । पहिलो दिनमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार राजाराम पौडेलले टेक दिएका थिए ।चलचित्रलाई निर्देशक सुदर्शनले नै निर्दशन गर्दै छन् । ४५ दिन छायाङ्कन गरिने चलचित्रको २ साता कास्कीकोटमा सुटिङ हुने निर्माण पक्षले जनाएको छ । 

    सुदर्शन र पूजाको संयुक्त लगानीमा सुरु निर्माण भइरहेको चलचित्रमा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
    प्रेम र कमेडी मिश्रित चलचित्र भदौ २२ गते तीजको अवसरमा रिलिज हुने निर्माण पक्षले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast