शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    विश्व क्रिकेट लिग डिभिजन २

    ओमनबिरुद्ध नेपालको कम्जोर ब्याटिङ, १ सय ३८ रनमै अलआउट

    ओमनका खलिमउल्लाह एक्लैले लिए ४ विकेट, अहिले ओमनले जवाफी ब्याटिङ गर्दै

    शुक्रबार, २६ माघ २०७४, आहाखबर

    २६ माघ, काठमाडौं । 

    नमिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले ओमनसामू मात्र १ सय ३९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । 
    यसअघि टस जितेको ओमनबाट सुरुमा ब्याटिङको निम्तो पाएको नेपालको  सुरुवात नै खराब रह्यो । पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनको झिनो अंकका साथ आउट भए । त्यस्तै, दिलिप नाथ र कप्तान पारस खड्काले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गरे । दिलिप नाथ १९ रनमा आउट भए भने खड्का व्यक्तिगत १७ रनमै समेटिए । त्यस्तै, अर्का प्रतिभाशाली युवा खेलाडी आरिफ शेख पनि ६ रनमै बाहिरिए । 

    पाँचौं विकेटका लागि शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले ३६ रनको साझेदारी गरेपछि नेपालको स्कोरमा केही बढोत्तरी भयो ।  ऐरी २० रनमा आउट भए भने बिहीबारको खेलका नायक बसन्त रेग्मीले १ रनमै चित्त बुझाउनुपर्यो । त्यस्तै, शरदले २२ रन बनाए भने सोमपाल कामीले १७ तथा रोहितकुमार पौडेलले १४ रन र करन केसी ४ रन मात्रै बनाए । 

    सम्मानजनक स्कोर नबन्दै लगातार विकेट गुमाएको नेपालले ४५.६ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३८ रन मात्र बनायो ।  सक्यो । नेपालको व्याटिङ लाइन ध्वस्त पार्ने क्रममा ओमनका खलिमउल्लाह एक्लैले ४ विकेट लिन सफल भए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast