मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    बलिउड

    थाहा पाउनुहोस् को-को हुन् बलिउडका ट्प ५ नायकहरु,

    बलिउडमा थुप्रै नायकहरु आए कति ले आफ्नो स्थान राख्न सके कतिले १,२ वटा फिल्म खेलेर हराउनु पर्यो

    शुक्रबार, २६ माघ २०७४, आहाखबर

    भनिन्छ विश्वमा सबैभन्दा धेरै फिल्महरु भारत तथा नाइजेरियामा बनाईन्छ । बलिउड भारतको सिनेमालाई भनिन्छ जहा धेरै नायक/नायिकाको पहिलो हुने तछाड-मछाड रहिआएको पाईन्छ । बलिउडमा थुप्रै नायकहरु आए कति ले आफ्नो स्थान राख्न सके कतिले १,२ वटा फिल्म खेलेर हराउनु पर्यो। तेसो त बलिउड त्यति सानो बजार पनि हैन जहाँ लाखौंको भिडमा हराउनु स्वभाविक मान्नु पर्छ किनकभने लाखौं बलिउडको बजार जति ठूलो छ कलाकारहरु पनि तेति नै मात्रामा पाइन्छ। आज हामी सङ्ग केइ कलाकारका नाम छ्न जस्ले १९९० देखि हाल सम्म आफ्नो नामलाई हिट लिस्टमा राख्न सफल भएका छ्न।

    १. सलमान खान

    सलमान खानको भारतमा धेरै फ्यान फलोअर्स छन् जस्ले गर्दा उन्को सिनेमाहरुको राम्रो प्रंसंसा नहुदा पनि करोडौको ब्यापार गर्ने गरेको छ ।  आफ्नो लुक अनि अभिनयले अग्र स्थानमा रहेका सलमान खानको बिदेसमा पनि धेरै फ्यान फलोअर्स छ्न साथै उनी द्वारा अभिनित प्राय सबै फिल्म हिट छ्न। उनका दबङ्ग, सुल्तान, प्रेम रतन धन पायो, किक,टाइगर, टाइगर जिन्दा है अन्य सबै फिल्म चर्चित छ्न । केहि समय उन्को खराब गुज्रेपनी अहिले उन्लाई बक्स-आफिसको राजा भन्ने गरिन्छ ।

    २. आमिर खान

    मिस्टर प्रफेक्सनिस्टको उपमा पाएका आमिर खान बर्षमा एउटा फिल्म मात्र खेल्ने गर्दछन । अमिर खान बलिवूडका सबै भन्दा चर्चित नायक हुन। उनी अरु हिरोहरु जस्तो मिडियामा आउने गर्दैनन् तर पनि उनले खेलेका हरेक फिल्मले दर्शकको मन जित्छ। उनि द्वारा अभिनित चलचित्र लगान,गजनी,धुम ३, थ्री इडियट, पिके, दङ्गाल, सेक्रेट सुपरस्टार सबै ब्लकबस्ट्रर फिल्म हुन ।

    ३. शाहरुख खान

    शाहरुख खानलाई बलिवूडका किङ्ग खान भनेर चिनिन्छ। प्राय रोमान्टिक फिल्म खेलेर दर्शकको मन जित्ने शाहरुख रोमान्सका किङ्ग पनि हुन। उनी द्वारा अभिनित ह्यप्पी नीउ इअर, फ्यान, दिलवाले, चेन्नाइ एक्स्प्रेस, जब तक है जान सबै चर्चित फिल्म हुन। सुरुमा  बलिउडमा उनकै बोलबाल हुनेगरेतापनि अहिले उन्को त्यति राम्रो समय गुज्रिरहेको छैन । उन्का नया चलचित्रहरुले खासै कमाल गर्न सकेका छैनन् ।

    ४. अक्षय कुमार

    अक्षय कुमार हरेक प्रकारको अभिनय गरेर दर्शकलाई मोहित पार्ने अक्षय कुमारले हाल सम्म धेरै फिल्म हिट दिएका छ्न। कमेडी फिल्म धेरै खेल्ने उनका सिङ्ग इज ब्लिङ्ग, हाउसफुल ३, एयर लिफ्ट, ब्रदर, गब्बर इज ब्याक हिट छ्न। अहिले उन्ले सामाजिक जनचेतना जगाउने खालका चलचित्रहरु खेल्छन ।

    ५. अजय देबगन

    बलिउडका “सिङगम” अजय देबगनलाई क्लासिक कलाकारका रुपमा चिनिन्छ । उन्को फिल्मको छनोट अलिक पृथक खालको हुन्छ । उनका धेरै हिट फिल्महरु रहेका छन् जस्मा फुल और काटे , जिगर , सिङगम” , दिलवाले , दिलजले , गोलमाल आदि चलचित्रहरु छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast