शुक्रबार, जेष्ठ १६, २०७७
    मुभी-थिएटर

    आजदेखि अनमोल र अदितीको परीक्षा, ‘कृ’ मुलुकभरका हलमा प्रदर्शन

    करिब २ वर्षपछि अनमोल केसी नयाँ चलचित्रको साथमा दर्शकमाझ प्रस्तुत, चलचत्रिको विहानी शोमा सुखद ओपनिङ

    शुक्रबार, २६ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ २६ । 
    यूवा स्टार नायक अनमोल केसी र नवनायिका अदिती बुढाथोकीको परीक्षा आजबाट सुरु भएको छ ।  नायक अनमोल र नायिका बुढाथोकीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’ आजबाट रिलिज भएको हो । 
    करिब २ बर्षपछि नायक केसी नयाँ चलचित्रको साथमा दर्शकमाझ आएका हुन् । पहिलो पटक सिने जगतमा डेब्यू गरेकी नवनायिका बुढाथोकीले यस चलचित्रलाई आफ्नो परीक्षाको रुपमा लिएको बताएकी छिन् । 

    चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

    चलचित्रले बिहानी शोमा सुखद ओपनिङ गरेको छ । काठमाण्डौको गोपिकृष्ण मुभिजमा ४ वटा पर्दा हाउसफूल रह्यो । यस्तै, मल्टिप्लेक्समा पनि बिहानी शोमा ६० देखि ८० प्रतिशतको अकुपेन्सी देखिएको छ ।

    सुवास गिरी र भूवन केसीले मिलेर बनाएको चलचित्रमा नायक अनमोल केसीको एक्सन र चकलेटी रुप देख्न सकिन्छ । यो चलचित्रका लागि अनमोलले २ बर्ष कडा मिहिनेत पनि गरेका थिए ।

    चलचित्रले आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ । नेपाली चलचित्र केहि महिनादेखि हलमा कमजोर भैरहेको समयमा अनमोलले फेरि एक पटक दर्शक हलमा फर्काउने अपेक्षा धेरैको छ ।

    मलाई अनमोलको स्टारडमले कुनै असर गर्दैन : नवनायिका अदिति बुढाथोकी

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast