शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    दक्षिण कोरियामा आजबाट शीतकालिन ओलम्पिक शुरु हुँदै, हिउँमा खेलिने १५ खेल समावेश

    विश्वभरका करिब ३ हजार खेलाडीले १ सय २ वटा स्वर्ण पदकका लागि १७ दिनसम्म प्रतिस्पर्धा गर्ने

    शुक्रबार, २६ माघ २०७४, आहाखबर

    एजेन्सी, माघ २६ । 
    शीतकालिन ओलम्पिक खेलकुदको २३ औं संस्करण दक्षिण कोरियाको प्योङचाङ शहरमा आज शुरु हुँदैछ ।

    प्रतियोगितामा हिउँमा खेलिने विभिन्न १५ खेल समावेश गरिएको छ । विश्वभरका झण्डै ३ हजार खेलाडीले १०२ वटा स्वर्ण पदकका लागि १७ दिनसम्म प्रतिस्पर्धा गर्नेछन् ।

    शीतकालिन ओलम्पिकको यो संस्करण संसारमा असहलेसम्मकै चिसो ओलम्पिक बन्ने मौसम पूर्वानुमानहरुले देखाएका छन् । अल्पेन्सीयाको एउटा छानो नभएको रंगशालामा हुने उदघाटन समारोहको बेला तापक्रम माईनस ५ डिग्री सेल्सीयसमा झर्ने जनाईएको छ ।

    प्योङचाङको १३ वटा भेन्युमा हुने विन्टर ओलम्पिकको ७७ प्रतिशत टिकट बिक्री भएको छ । दर्शकलाई ब्ल्याङ्केट, रेन कोट र हिट प्याडकोसमेत व्यवस्था गरिएको छ । यो ओलम्पिकका लागि उत्तर कोरियाका केही खेलाडीसमेत दक्षिण कोरिया पुगेका छन् ।

    ओलम्पिककै बहानामा दुई देशका उच्च अधिकारीहरुबीच पटक–पटक छलफल सम्पन्न हुनुलाई सफलताको रुपमा हेरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast