शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    नेपालले आज ओमानको सामना गर्दै, नेपाल दोस्रो जितको खोजीमा

    हिजो पहिलो खेलमा नेपालद्वारा नामिविया १ विकेटले पराजित

    शुक्रबार, २६ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ २६ ।
    आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज ओमनको सामना गर्नेछ । नामिबियामा जारी प्रतियोगितामा नेपाल लागातार दोस्रो जितको खोजीमा छ । 
    नेपाल र ओमनबीचको खेल दिउसो सवा १ बजे पछि सुरु हुनेछ । पहिलो खेलमा नेपालले बिहीबार आयोजक नामिबियालाई १ विकेटले हराएको थियो । ओमन भने पहिलो खेलमा क्यानाडासँग ८ विकेटले हारेको थियो ।

    नामिबियाको राजधानी विन्डहकमा बिहीबार घरेलु टोलीले दिएको १३९ रनको चुनौती नेपालले खेलमा चार बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका बसन्त रेग्मीले संयमतापूर्वक ब्याटिङ गर्दै अविजित २४ रन जोडेपछि नेपाल विजयी भएको हो ।

    नेपालको जितमा शरद भेषावकरको २९ रन पनि महत्वपूर्ण रह्यो । यसअघि पहिले ब्याटिङ गरेको नामिबियालाई सस्तैमा रोक्न नेपालका स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिए । यस्तै, सोमपाल कामीले ३ तथा बसन्त रेग्मी, पारस खड्का र सरद भेषावाकरले १–१ विकेट लिएपछि आयोजक नामिबिया ३४ ओभर २ बलमा १३८ रनमै समेटिएको हो ।

    नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिना जिम्बाबेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast