शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    विजयी सुरूवात

    नामिबिया विरुद्ध नेपालको 'रोमाञ्चक' जीत, बसन्त रेग्मी बने ‘नायक’

    खेलको अन्तिम ओभरको तेस्रो बलमा नामिबियाका बलरले वाइड बल फालेपछि ४ बल बाँकी छँदै नेपालले अप्रत्याशित जित निकाल्यो

    शुक्रबार, २६ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ २६ । 

    आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले आयोजक राष्ट्र नामिबिया बिरुद्ध रोमाञ्चक जीत निकाल्दै विजयी सुरूवात गरेको छ । यसअघि पहिले व्याटिङमा उत्रिएको घरेलु टोली नामिबियाले नेपालका सामु १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

    नामिबियाले दिएको सो लक्ष्यलाई नेपालले ४९.३ ओभरमा पुरा गर्दै प्रतियोगितामा विजयी सुरूवात गरेको हो । खेलको सुरुवातबाटै धराशायी बनेको नेपालको ब्याटिङलाई अन्त्यतिर बलरहरुले सम्हालेका थिए । 

    अन्तिम दुई ओभरमा नेपाललाई खेल जित्नका लागि १६ रनको आवश्यकता थियो । ४८ औं ओभरको पहिलो र दोस्रो बल सन्दिप लामिछानेले खेल्न नसकेपछि त झन् नेपाल दयनीय अवस्थामा पुगिसकेको थियो ।  

    अन्तिम ओभरमा नेपाललाई ९ रन आवश्यक रहेको अवस्थामा पहिलो बलमै बसन्त रेग्मीले २ रन लिन सफल भए भने दोस्रो बलमा उनै बसन्तले चौका सहित विपक्षीलाई गतिलो जवाफ दिए । त्यस्तै, अन्तिम ओभरको तेस्रो बलमा नामिबियाका बलरले वाइड बल फालेसँगै ४ बल बाँकी छँदै नेपालले जित निकाल्यो । 

    लगभग आफ्नो विजयलाई गुमाइसकेको नेपाललाई जीत दिलाउन बलर बसन्त रेग्मीले महत्वपूर्ण भूमिका खेले । बसन्तले उत्कृष्ट पारी खेल्दै नटआउट २४ रन बनाउन सफल भए, जसका कारण नेपालको अप्रत्याशित जीत हुनपुग्यो । कुल २४ बल खेलेका रेग्मीले छक्का र चौका प्रहार गर्दै सबैलाई अचम्मित तुल्याए । 

    लगभग आफ्नो विजयलाई गुमाइसकेको नेपाललाई जीत दिलाउन बलर बसन्त रेग्मीले महत्वपूर्ण भूमिका खेले । बसन्तले उत्कृष्ट पारी खेल्दै नटआउट २४ रन बनाउन सफल भए, जसका कारण नेपालको अप्रत्याशित जीत हुनपुग्यो । कुल २४ बल खेलेका रेग्मीले छक्का र चौका प्रहार गर्दै सबैलाई अचम्मित तुल्याए । 

    आफ्नो पारीको सुरूमै विकेट गुमाएको नेपालले १२ औं ओभरमा कप्तान पारस खड्कालाई सस्तैमा गुमायो भने १३औं ओभरमा आरिफ शेख शून्य रनमा आउट हुन पुगे । कुल ३५ बल खेलेका कप्तान खड्काले २ चौकाको मद्दतमा १९ रन बनाए ।  

    नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस जितेर नामिबियालाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले ५० ओभरको खेलमा नामिबियाका सबै खेलाडीलाई ३४.२ ओभरमै अलआउट गरेको थियो । नामिबियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले सर्वाधि ४ विकेट लिए भने अर्का बलर सोमपाल कामीले ३ विकेट लिन सफल भए । त्यस्तै, खेलमा सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले समान १, १ विकेट लिएका थिए।
    नेपाली राष्ट्रिय क्रिकेट टिममा रोहितकुमार पौडेलले यसै खेलबाट डेब्यू गरे भने यसपटक शक्ति गौचनलाई आराम दिइएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast