शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    विश्व क्रिकेट लिग डिभिजन २

    नेपाललाई पाचौ झड्का , दिपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट

    नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ

    बिहिवार, २५ माघ २०७४, आहाखबर

     

    काठमाडौँ२५ माघ ।

    आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरेको छ । सुरूमै विकेट गुमाएको नेपालले अहिलेसम्म ५ विकेट गुमाईसकेको छ  । २० ओभर खेल भईसक्दा  नेपाली टिमले ५० रन  भएको छ र ५ विकेट गुमाईसकेको छ  । त्यसैगरि नेपालले १३.४ ओभरमा तेस्रो विकेटको रुपमा आरिफ शेखलाई सुन्यमै गुमाएको थियो  ।  

     नेपाली टिमले १२ औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई पनि सस्तैमा गुमाएको थियो। ३५ बल खेलेका खड्काले १९ रन बनाएका थिए। विलियम्सको बलबाट आउट हुनअघि उनले २ चौका प्रहार गरेका थिए।

    यसअघि दोस्रो ओभरको पहिलो बलमा ओपनर दिलिप नाथ आउट भए। उनले सामना गरेको पहिलो बलमै आउट भएका हुन्।  नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर नामिबियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । निर्धारित ५० ओभरको खेलमा नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो।

    नामिबियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिएका थिए। शरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले समान १-१ विकेट लिएका थिए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast