शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    क्रिकेट

    कोहलीले फेरी तोडे किर्तिमान, भारतको जीत

    कोहली सबैभन्दा धेरै शतक लगाउने भारतीय कप्तान बनेका छन् ।

    बिहिवार, २५ माघ २०७४, आहाखबर

    भारतिय कप्तान विराट कोहलीको ३४ औँ शतकको मद्दतले एकदिवसीय शृंखलाको तेस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई १२४ रनको विशाल अन्तरले पराजित गरेको छ । कोहलीले अविजित रहँदै १ सय ६० रन बनाउँदा भारतले पहिलो ब्याटिङ गर्दै ३ सय ३ रन बनाएको थियो । भारतले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३०३ रन बनाएको थियो। १ सय ५९ बलको सामना गर्दै कोहलीले १ सय ६० रन बनाए । यो उनको एक दिवसीयमा ३४ औं शतक हो । भारतका लागि ओपनर रोहित शर्मा शुन्य रनमा आउट भए भने शिखर धवनले कोहलीको राम्रो साथ दिँदै ७६ रन जोडेका थिए। अजिन्क्या राहाने (११ रन), हार्दिक पाण्डेया (१४ रन) र महेन्द्र सिहं धोनी (१० रन) आज सस्तैमा आउट भए। दक्षिण अफ्रिकाका लागि जेपि डुमिनीले दुई विकेट लिन सफल भए । 

    भारतले दिएको उच्च योगफल पछयाउने क्रममा दक्षिण अफ्रिकाको टोली ४० ओभरमा मात्र १७९ रन बनाएर अलआउ हुन पुग्यो । दक्षिण अफ्रीकाका लागि जेपी डुमिनीले ५१ रनको अर्धशतकीय पारी खेले। त्यस्तै कप्तान एडिन मार्क्रमले ३२ तथा डेभिड मिलरले २५ रन बनाए। भारतीय बलर हाबी भएपछि अन्य ब्याट्सम्यान चल्न नसक्दा दक्षिण अफ्रिकाले हार बेहोर्नु पर्यो। भारतका युजभेन्द्र चाहल र कुलदिप यादवले समान ४ – ४ विकेट लिए। जस्प्रित बुम्रहाले २ विकेट लिए ।

    जीतसँगै भारतले ६ खेलको शृंखलामा ३–० को अग्रता लिएको छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको भारतले दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो । शृंखलाको चौँथो खेल १० फेब्रुअरीमा जोहानसबर्गमा आयोजना हुनेछ ।

     

    कोहलीको किर्तिमान
    भारतीय कप्तानका रुपमा कोहलीको यो १२ औँ शतक थियो । यो सँगै उनी सबैभन्दा धेरै शतक लगाउने भारतीय कप्तान बनेका छन् । यसअघि शौरभ गांगुलीले ११ एकदिवसीय शतक लगाएका थिए । खेलमा भारतको शुरुवात भने राम्रो भएन । पहिलो ओभरमा नै शुन्य रनमा रोहित शर्मालाई गुमाउन पुगेको थियो । तर, त्यसपछि शिखर धवन र कोहलीले भारतको पारी सम्हाले । 
    कोहलीले २ छक्का र १२ चौकाको मद्दतले १६० रन बनाए भने धवनले पनि ७६ रनको महत्वपूर्ण योगदान दिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast