शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू

    नामिबिया १३८ मै अलआउट,

    सन्दिपले लिए ४ विकेट

    बिहिवार, २५ माघ २०७४, आहाखबर

    आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नामिबियाले नेपालसामू १३९ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको छ । विन्डहोकमा सुरुमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपालले घरेलु टोली नामिबियालाई ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनायो । उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । गि्रन र जान फ्राइलिंकले समान २२ रन जोडे । नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने एक्लैले चार विकेट लिए ।८.२ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र १८ रन दिएका थिए ।सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र शरद रेग्मीले १-१ विकेट आफ्नो नाममा लेखाए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast