शुक्रबार, मंसिर ६, २०७६
    खेल संसार

    बुढासुब्बामा आज थ्रीस्टार र भारतको दुर्गापुर स्टील क्लबबीच प्रतिस्पर्धा हुँदै

    आजको विजेता टोलीले उपाधिका लागि विभागीय टोली नेपाल पुलिसको सामना गर्नेपर्ने

    बिहिवार, २५ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ २५ । 
    सुनसरीको धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा दोस्रो सेमिफाइनल अन्तर्गत आज ललितपुरको थ्रीस्टार क्लब र भारतको दुर्गापुर स्टील क्लबबीच प्रतिस्पर्धा हुँदै  छ ।  

    प्रतियोगिताको फाइनलमा स्थान बनाउने दाउका साथ मैदान उत्रने यी दुई टोलीबीचको खेल धरान रंगशालामा अपरान्ह ३ बजे पछि हुनेछ । 

    यस अघि हिजो भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पुलिसले सिएमजी संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । 

    पुलिसले अव उपाधिका लागि आजको विजेता टोली सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast