शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    विश्वकपको यात्रा

    आइसीसी डिभिजन–२ क्रिकेट : नेपालले आयोजक नामिबियासँग प्रतिश्पर्धा गर्दै

    प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले जिम्बाबेमा आयोजना हुन गइरहेकोे एकदिवसीय बिश्वकप क्रिकेट खेल्न पाउने

    बिहिवार, २५ माघ २०७४, आहाखबर
    फाइल फोटो

    काठमाडौं, माघ २५ । 

    आइसीसी डिभिजन–२ अन्र्तगतको खेलमा नेपालले आज आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको शीर्ष दुई स्थानमा रहनका लागि नेपाली क्रिकेट टोलीलाई बिहीबारको खेलमा जित्नैपर्ने दबाब देखिन्छ । नेपाली क्रिकेट टोलीले प्रतियोगिता भर आफूलाई बलियोरुपमा उभ्याउनका लागि बिहिबार आयोजकसँगको पहिलो खेल जित्नुपर्ने देखिन्छ । 

    प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले जिम्बाबेमा आयोजना हुन गइरहेकोे एकदिवसीय बिश्वकप क्रिकेट खेल्न पाउने छ । अतः नेपालले पनि आफूलाई विश्वकपसम्म पुर्याउनका लागि आजको खेलमा जीतको नतिजा निकाल्नुपर्ने देखिन्छ । 

    यसअघि खेलिएका ४ मध्ये ३ एकदिवसीय अन्तराष्ट्रिय खेलमा नामिबियामाथि जित निकालीसकेको नेपालले विहिबारको खेलमा ब्याटिङमा सुधार गरे सजिलै जित्नसक्ने समेत देखिएको छ । खेल बिहिबार दिउँसो १ः१५ मा सुरु हुनेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast