शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    एफए कपमा आजराति टोटनह्याम हट्सपरले न्युपोर्ट काउण्टीको सामना गर्दै

    स्वान्सी सिटी र हडस्फिल्ड टाउन प्रतियोगिताको पाँचौ चरणमा प्रवेश

    बुधबार, २४ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ २४ । 
    एफए कप फुटबल प्रतियोगिता अन्तर्गत आज राति टोटनह्याम हट्सपरले न्युपोर्ट काउण्टीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको चौथो चरणको रि प्लेमा यी दुइ टोली आमने सामने हुन लागेका हुन् । 

    यस अघि गएराति भएका खेलमा प्रिमियर क्लवहरु स्वान्सी सिटी र हडर्स्फिल्ड टाउन एफए कप फुटबल प्रतियोगिताको पाँचौं चरणमा प्रवेश गरेका छन् । 

    गएराती भएका चौथो चरणका रि प्लेमा आ–आफ्ना प्रतिद्धन्दीलाई पाखा लगाउँदै स्वान्सी र हडर्स्फिल्डले अन्तिम १६ मा स्थान पक्का गरेका हुन् । 

    आफ्नै मैदानमा भएको खेलमा स्वान्सी सिटीले दोस्रो श्रेणीको नट्स काउण्टीलाई ८–१ ले पराजित गरेको हो । यसैगरी हडर्स्फिल्ड टाउनले बर्मीङ्घम सिटीलाई ४–१ ले हराएको छ । 

    गएराती नैं भएको अर्को खेलमा मिलवाललाई १–० ले हराँउदै रोचडेल पनि प्रि क्वाटरफाईनलमा पुगेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast