शुक्रबार, मंसिर ६, २०७६
    खेल संसार

    २० औ बुढासुब्बा गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदै

    पहिलो सेमिफाइनलमा सिएमजी संकटा र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदै

    बुधबार, २४ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ २४ । 
    सुनसरीको धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदै छ । 

    आज हुने पहिलो सेमिफाइनल खेलमा सिएमजी संकटा क्लब र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनलमा स्थान बनाउने दाउका साथ मैदान उत्रने यी दुई टोलीबीचको खेल धरान रंगशालामा अपरान्ह ३ बजे पछि हुनेछ । 

    यस अघि हिजो भएको खेलमा ललितपुरको थ्रीस्टार क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारले सुदूरपश्चिम ११ लाई ४ –० को फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो ।

    २०औँ संस्करणमा नेपाल र भारतका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast