शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    शिवम् न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि आयोजकलाई

    फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि रक्षा

    मंगलवार, २३ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ २३ । 
    राजधानीमा सम्पन्न पहिलो शिवम् न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक न्यू डायमन्ड एकेडेमीले जितेको छ ।

    नयाँबसपार्क्स्थित ढोरपाटन स्पोर्टस् क्लबको मैदानमा मंगलबार भएको प्रतियोगिताको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै न्यू डायमन्डले उपाधि रक्षा गरेको हो ।

    न्यू डायमन्डले खेल २४–२६, २५–२३, २८–२६ र २५–२३ ले जितेको हो । न्यू डायमन्डले सशस्त्रसँग केही दिनअघि सम्पन्न ढोरपाटन कपमा भोगेको हारको बदला पनि लिन सफल भएको छ ।

    उपाधिसँगै न्यू डायमन्ड एकेडेमीले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको सशस्त्रले १ लाख १ हजारमा चित्त बुझायो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast