शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    इङ्गलिस प्रिमियर लिग

    चेल्सीको लज्जास्पद हार , वाटफोर्डसँग ४-१ ले पराजित

    पहिलो हाफमा चेल्सीका बाकायोको रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएको खेलमा चेल्सी १० जना खेलाडीमा सीमित भएको थियो

    मंगलवार, २३ माघ २०७४, आहाखबर

    इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराती भएको खेलमा चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ । ट्रोय डीनीले ४२ औं मिनेटमा पाएको पेनाल्टी मार्फत गोल गर्दै वाट्फोर्डलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ८२ औं मिनेटमा इडेन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काएका थिए । अन्तिम समयमा चेल्सी सम्हालिन नसक्दा लगातार तीन गोल खायो । वाट्फोर्डले खेलको अन्त्यतिर ६ मिनेटभित्र तीन गोल गरेको हो । ८४ औं मिनेटमा डेलर यानमार्टले गोल गर्दै वाट्फोर्डलाई २-१ को अग्रता दिलाएका थिए ।  ८८ औं मिनेटमा जेरार्ड डेलोफेउ तथा इन्जुरी समयको पहिलो मिनेटमा रोबर्टो पेरेराले थप गोल गरेपछि वाट्फोर्ड ४-१ ले विजयी भयो ।

    पहिलो हाफमा चेल्सीका बाकायोको रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएको खेलमा चेल्सी १० जना खेलाडीमा सीमित भएको थियो । जितपछि २६ खेलबाट ३० अंक बटुलेको वाट्फोर्ड तालिकाको ११ औं स्थानमा छ । त्यस्तै चौथो स्थानको चेल्सीको भने ५० अंक छ । २६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । ५६ अंकसहित म्यान्चेस्टर युनाईटेड दोस्रो र ५१ अंकसहित लिभरपुल तेस्रो स्थानमा छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast