शुक्रबार, मंसिर ६, २०७६
    खेल संसार

    प्रिमियर लिग !

    ह्यारी केनको अन्तिम मिनेटको पेनाल्टीसँगै टोटनहृयामले लिभरपुलसँग बराबरी खेल्यो

    तेस्रो स्थानमा रहेको लिभरपुलको २६ खेलबाट ५१ अंक छ भने पाँचौं स्थानमा रहेको टोटनहृयामको ४९ अंक

    सोमबार, २२ माघ २०७४, आहाखबर

    एजेन्सी ।

    टोटनहृयानका निकै आश गरिएका खेलाडि हृयारी केनले अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै प्रिमियर लिगमा लिभरपुलसँगको हार जोगाएका छन् । खेल निकै रोमाञ्चक भएको थीयो जहाँ इन्जुरी टाइमको पहिलो मिनेटमा नै गोल गर्दै मोहम्मद सलाहले लिभरपुललार्इ २-१ को आग्रता दिलाएर जित नजिक पुर्‍याएका थिए । तर, केनको पेनाल्टीसँगै खेल २-२ को बराबरीमा सकिएको छ ।

    लिभरपुल जितका लागि केही सेकेण्ड मात्र टाढा थियो । तर, इरिक लामेलालाई भर्जल भान डाइकले फल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिएपछि खेल निकै रोमाञ्चक मोडमा पुगेको थियो । त्यसअघि नै एक पेनाल्टी मिस गरिसकेका केनले यो पटक कुनै गल्ती गरेनन् र प्रिमियर लिगमा १०० औं गोल गर्दै लिभरपुलका समर्थकलाई निराश बनाए ।

    लिभरपूलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा सलाहले तेस्रो मिनेटमा नै गोल गर्दै घरेलु टोली लिभरपूललाई अग्रता दिलाएका थिए ।  

    खेलको ८०  औं मिनेटमा टोटनहृयामका वानयामाले भली मार्फत गोल गरे । चार मिनेटपछि टोटनह्यामले नै पेनाल्टी पायो तर, हृयारी केनको प्रहार लिभरपुलका गोलरक्षकले सहजै रोके ।

    इन्टुरी टाइममा त्यसबेला नाटकीय रुप लियो, जब सलाहले गोल गरे । लिभरपुलका समर्थकहरु टोटनहृयामसँग ५ अंकको दुरी बनाएको खुसी मनाउन थालिसकेका थिए ।

    तर, अन्तिम मिनेटमा दिइएको पेनाल्टीले लिभरपुललाई निराश बनायो । तेस्रो स्थानमा रहेको लिभरपुलको २६ खेलबाट ५१ अंक छ भने पाँचौं स्थानमा रहेको टोटनहृयामको ४९ अंक छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast