शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    फागु पूर्णिमाको दिन लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुँदै

    प्रतियोगितामा ७ देशका धावकले सहभागिता जनाउने, फुल म्याराथन ४२ किलोमिटर हुने

    सोमबार, २२ माघ २०७४, आहाखबर

    कपिलवस्तु, माघ २२ । 
    कपिलवस्तुको लुम्बिनीमा आउँदो फागु पूर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन हुने भएको छ ।

    भगवान गौतम बुद्धको जन्मस्थलमा मार्च एक तारिखका दिन अन्तराष्ट्रिय स्तरको शान्ति म्याराथन हुने भएको हो । जसमा फुल, हाफ र पाँच किलोमिटरको दौड हुनेछ ।

    जसमा फुल म्याराथन ४२ किलोमिटरको हुनेछ भने हाफ म्याराथन २१ किलोमिटरको हुनेछ । म्याराथन कुदानबाट सुरु भई गोटिहावा, कपिलवस्तु, वाणग्ङगा, तिलोराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुदा लम्बिनीको पवित्र उद्यानमा समापन हुनेछ ।

    फुल म्याराथनको विजेताले एक लाख रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै हाफ म्याराथनको विजेताले ५० हजार, दोस्रो हुनेले ३५ र तेस्रोले २५ हजार रुपैयाँ पाउनेछन् । 

    प्रतियोगितामा कुल दुई सय धावकको सहभागिता रहने आयोजकको दावी छ । जसमा ३० जना विदेशी धावकले भाग लिने आयोजकले जनाएका छन । म्याराथनमा पुरुष र महिला धावक संयुक्त रुपमा दौडनेछन् ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast