शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    आर्सनलले एभर्टन लाई ५–१ गोल अन्तरले हरायो, रामसीको ह्याट्रिक

    रामसीको छैटौ मिनेटमै पहिलो गोल, आर्सनलबाट डेब्यू गरेका पियर एमरिकले पनि एक गोल थपे

    आईतवार, २१ माघ २०७४, आहाखबर

    २१ माघ, आहा खबर ।

    शनिबार भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल तथा एभर्टन बिचको खेलमा आर्सनल भारी अन्तर्गतले बिजयी भएको छ । आर्सनलकै घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई आरोन रामसीको ह्याट्रकको मद्दतमा ५–१ गोल अन्तरले पराजित गर्यो । रामसीले छैटौ मिनेटमै पहिलो गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

    त्यसपछि उन्ले १९ औं र ७४ औं मिनेटमा अरु दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । त्यसै गरी आर्सनलबाट डेब्यू गरेका पियर एमरिकले पनि एक गोल थपे । अर्को एक गोल लोरेन्टको नाममा रह्यो । एभर्टनका लागि भने ६४ औं मिनेटमा क्लाभर्ट लेविनले सान्त्वना गोल गरेका थिए ।

    यो जितसँगै २६ खेलबाट आर्सनलले ४५ अंक बटुलेको छ । आर्सनललाई च्याम्पियनस् लिग खेल्न अंक तालिकाको चौथो स्थानसम्म पर्नुपर्ने हुन्छ जुन चुनौतीपूर्ण देखिन्छ 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast