शुक्रबार, मंसिर ६, २०७६
    खेल संसार

    २० औं बुढासुब्बा गोल्डकप !

    बुढासुब्बामा आज आयोजक धरान र दुर्गापुर स्टील कोलकत्ताबीच प्रतिस्पर्धा हुँदै

    ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्ने

    आईतवार, २१ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ २१ । 
    सुनसरीको धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक धरान फुटबल क्लब र दूर्गापुर स्टील कोलकत्ताबीच प्रतिस्पर्धा हुँदै छ । 

    जित आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल धरान रंगशालमा दिउसो हुनेछ । 

    यसअधि हिजो भएको खेलमा सिएमजी संकटा क्लब प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । संकटाले मनाङ मस्र्याङदी क्लबलाई १ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । 

    २०औँ संस्करणमा नेपाल र भारतका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast