शुक्रबार, मंसिर ६, २०७६
    खेल संसार

    आहा रारामा आज नेपाल पुलिसले धरान क्लबको सामना गर्ने

    आजको विजेता टोलीले उपाधिका लागि ललितपुरको थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्ने

    बिहिवार, १८ माघ २०७४, आहाखबर

    पोखरा, माघ १८ । 
    कास्कीको पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल अन्तर्गत विभागीय टोली नेपाल पुलिस र धरान फुटबल क्बल बीच प्रतिस्पर्धा हँदै छ । 

    जित आफ्नो पक्षमा पादै प्रतियोगिताको फाइनलमा स्थान बनाउने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल अपरान्ह ३ बजे पछि सुरु हुनेछ । 

    यस अघि हिजो भएको खेलमा ललितपुरको थ्रीस्टार क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारले पाहुना टोली बंगदादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० को फराकिलो गोल  अन्तरले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । 

    थ्री स्टारले अब उपाधिका लागि आजको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । १२ टोली सहभागी प्रतियोगिताको विजेताले सात लाख एक हजार र उपविजेताले तीन लाख ५१ हजार नगद पुरस्कार सहित ट्रफि हात पार्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast