शुक्रबार, मंसिर ६, २०७६
    खेल संसार

    मुलपानीको अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको विवाद साम्य, निर्माण कार्य सुचारु हुँदै

    स्थानीयलाई राष्ट्रिय खेलकुद परिषद र सरकारले अर्को जग्गा दिने सहमती

    बुधबार, १७ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ १७ । 
    अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला मुलपानी निर्माणको प्रक्रिया अब अघि बढ्ने भएको छ । रंगशालाको जग्गा विवाद हटेपछि निर्माणको काम अघि बढ्ने भएको हो । 

    क्रिकेट मैदानमा ५२ आना जग्गाको मुआब्जाको विषयमा स्थानीयसँग कुरा नमिलेको कारण निर्माणको काम भएको थिएन । स्थानीयलाई राष्ट्रिय खेलकुद परिषद र सरकारले अर्को जग्गा दिने सहमती गरेपछि रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ।

    स्थानीय, नापी विभाग, भूमिसुधार कार्यालयबीच छलफल भई सहमती बनिसकेको यूवा तथा खेलकुद मन्त्री राजन केसीले बताए । यस्तै राष्ट्रिय खेलकुद परिषदले समस्या समाधान हुने भएपछि काम अघि बढाउनका लागि तल्लो रंगशालाको थप प्याराफिट निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौताका लागि फाइल तयार पारेको जनाए। । स्थानीयसँग प्याराफिट बाहिर सडकमा जोडिएको जग्गा सट्टामा दिने गरी सहमती भएको छ ।

    झन्डै २२ करोड हाराहारीमा अर्को प्याराफिट निर्माण गरिने लागेको हो । यो रंगाशाला निर्माणको जिम्मा प्रेरा प्रतिष्ठा मुन्ना एन्ड आचार्य जेभीले लिएको छ । तल्लो मैदानमा ९ वटा ब्लकमा प्याराफिट निर्माण गरिएको छ, प्याराफिट मुनी कार्यालय र पार्किङ रहने भएको छ । 

    मुलपानीमा निर्माण गरिएका २ क्रिकेट मैदान अन्र्तगत माथिल्लो मैदानको काम लगभग सकिएको छ । माथिल्लो मैदानमा क्रिकेट तालिम गरिने र तल्लो मैदानमा क्रिकेट प्रतिस्पर्धा गराइने लक्ष्यका साथ निर्माण गरिएको सदस्यसचिवले बताए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast