शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    ६ औं आहा रारा गोल्डकप !

    आहा रारामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदै

    पहिलो सेमिफाइनल खेलमा ललितपुरको थ्रीस्टार क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबबीच प्रतिस्पर्धा हुने

    बुधबार, १७ माघ २०७४, आहाखबर

    पोखरा, माघ १७ । 
    कास्कीको पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदै छ । 

    आज हुने पहिलो सेमिफाइनल खेलमा ललितपुरको थ्रीस्टार क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जित आफ्नो पक्षमा पादै प्रतियोगिताको फाइनलमा स्थान बनाउने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल अपरान्ह ३ बजे पछि सुरु हुनेछ । 

    यस अघि हिजो भएको खेलमा विभागीय टोली नेपाल पुलिस प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । विभागीय टोली पुलिसले मनाङ मस्र्याङदी क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । 

    पुलिसले अब फाइनल प्रवेशको लागि धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । १२ टोली सहभागी प्रतियोगिताको विजेताले सात लाख एक हजार र उपविजेताले तीन लाख ५१ हजार नगद पुरस्कार सहित ट्रफि हात पार्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast