शुक्रबार, जेष्ठ २३, २०७७
    धर्म-संस्कृति

    एक महिना लामो ‘श्री स्वस्थानी’ व्रत कथा आजबाट समापन

    साँझ खग्रास चन्द्रग्रहण लाग्ने भएकाले स्वस्थानी व्रतको विहानै समापन, मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म व्रत उद्यापन गर्न सक्ने

    बुधबार, १७ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ १७ । 
    श्री स्वस्थानी व्रत कथाको आज समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आज विधिवतरूपमा समापन गरिएको हो ।

    महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने धार्मिक जनविश्वास छ ।

    सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ ।

    स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

    यसवर्ष स्वस्थानी व्रत कथाको सांगेको दिन खग्रास चन्द्र ग्रहण लागेकाले बिहान ८ बजेर ५५ मिनेटअघि नै व्रत समाप्त गर्नु पर्ने भएकाले विहानै व्रतको विधिवत रुपमा समापन गरिएको हो ।
    मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने बताइएको छ ।

    काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि ग्रहण लाग्नुअघि नै समापन गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast