बुधबार, जेष्ठ २१, २०७७
    धर्म-संस्कृति

    मन्दिर जिर्णोद्वार

    नुवाकोटको पञ्चकन्या मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै

    डाँडामा रहेको उक्त मन्दिरको छानाको जस्ता चुहिने र पर्खाल पनि जीर्ण बन्दै गएकाले चाँडो मर्मत गर्नुपर्ने

    बुधबार, १७ माघ २०७४, रासस /(आहाखबर).
    फाइल तस्वीर : भग्नावशेष मन्दिर

    घलेभञ्याङ, नुवाकोट, १७ माघ । 

    यहाँस्थित पञ्चकन्या मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । 

    मन्दिर कहिले निर्माण भएको भनेर यकिनका साथ भन्न नसकिए पनि विभिन्न चाडपर्व तथा शुभकार्यमा उक्त परिसरमा रहेका विभिन्न देवदेवीको पूजा गर्ने प्रचलन छ । डाँडामा रहेको उक्त मन्दिरको छानाको जस्ता चुहिने समस्या छ भने पर्खाल पनि जीर्ण बन्दै गएकाले चाँडो मर्मत गर्नुपर्ने देखिन्छ । लामो समयदेखि स्थानीय तहमा जनप्रतिनिधि नभएको हुँदा पनि यसको उचित व्यवस्थापन र संरक्षण हुन नसकेको स्थानीयवासी टेकबहादुर भण्डारीले बताए । 

    मन्दिर परिसरमा धनेश्वर महादेव, रणगम्भेश्वरी, तीनकन्या, बालकन्यालाई फूल, अक्षता र गाईको दूध चढाउने गरिन्छ भने सात कन्यालाई पञ्चबलि चढाइन्छ । 

    प्रत्येक देवताका पूजा विधिलाई प्रक्रिया मिलाएर गरेमा मनोकाङ्क्षा पूरा हुने र विधि पूरा गर्न नसकिएमा अनिष्ट हुने जनविश्वास रहेको पञ्चकन्या–३ का पूर्व वडाअध्यक्ष राम थापाले जानकारी दिए  । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast