शुक्रबार, मंसिर ६, २०७६
    खेल संसार

    आहा रारामा विभागीय टोली नेपाल पुलिस र मनाङबीच प्रतिस्पर्धा हुने

    आजको विजेता टोलीले सेमिफाइनलमा धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने

    मंगलवार, १६ माघ २०७४, आहाखबर

    पोखरा, माघ १६ । 
    कास्कीको पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली नेपाल पुलिस र मनाङ मस्र्याङदी क्लबीच प्रतिस्पर्धा हुँदै छ । 

    जीत आफ्नो पक्षमा पार्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने दाउका साथ मैदान उत्रने यी दुवै टोलीबीचको खेल अपरान्ह ३ बजे पछि सुरु हुनेछ ।

    यस अघि हिजो भएको खेलमा ललितपुरको थ्रीस्टार क्बल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ट्राइब्रेकरमा  ५–३ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो । 

    थ्रीस्टारले अब फाइनल प्रवेशका लागि पाहुना टोली बंगलादेशको उत्तर बरिन्धरा क्लब प्रतिस्पर्धा गर्नेछ । आजको विजेता टोलीले सेमिफाइनलमा धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

    १२ टोली सहभागी प्रतियोगिताको विजेताले सात लाख एक हजार र उपविजेताले तीन लाख ५१ हजार नगद पुरस्कार सहित ट्रफि हात पार्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast